Posted by: Gautam B. July 25, 2006
Chautari XIX
Login in to Rate this Post:     0       ?        
मिसको कथा राम्रो लाग्यो। सकिएको हो र मिस? अरु भाग पनि आऊँदै छ होला नि है। ************* बिर्खे जिम्माल र भउते बिचेत भे'सी डराइ डराइ घर त पुगियो, तर ढोकामा गोताइनी पूरा---- पोजिसनमा। देब्रे हात कम्मरमा, दाहिने हातमा कूचो, अनि आँखा चाइञ्जो गोलभेंडा भन्दा पनि राता रिसले। छेउमा डाडु, र पन्यू पनि रेडी थिए। "तँ---ल्लाइ पातकी बूढा, यति खेर हो घर आम्नी ?" भनेर झम्टेर आई के रे। "ए पख् पख्, म त ----" भन्दै थिएँ , "के को पख् पख् नी तँ जँड्याहालाई--?!" बनेर कूचो प्रहार गरीहाली। कूचोले मलाई छलेपछि डाडु प्रहार गरी, त्यल्ले त मेरो टाउकोमा आर्को एउटा सानु सानु टाउको पो निकाल्दियो। त्याँसी गोताइनी भित्र पसेर चुकुल कसेर रुन थाली। मलाईचैँ रातभरि बाहिर पिँढीमै लडाईदिई गाँठे! बिहान उठेपछि एक गिलास च्या' सम्म ठ्याँस्स राख्देकी थिई, बोलेकी भने हैन। आज भात पनि खान देली कि नदेली!
Read Full Discussion Thread for this article