Posted by: miss_ me July 25, 2006
Login in to Rate this Post:
0
?
"तल वेसी खोलामा गा'थ्यौ" फटिंग्रेको जवाफ संगै मेरो सहास बढेर आउछ।
"हो नि " म आमालाइ कुरा प्रष्ट पार्न खोज्छु।
"आमा हाम्ले माछा मारेको" ।
'खै त माछा ?" आमाले अधिकार प्रयोग गर्नु हुन्छ् मानौ मेरो हरेक कुरा थाहा पाउनुपर्छ उहाँलाइ।
मलाई लाज लागेर आउछ झुठ पक्डिएकोले। "छोरी!तिमी त झूठ बोल्न पनि जान्दिनौ"
म निशब्द हुन्छु। आमालाइ थाहा छ .. छोरी माछा मार्न चाहान्ने बरु माछा पानीमा दौडेको( पौडेको ) हेर्न मन पराउछे।
*****************
हो त माछा पानीमा स्वतन्त्र उन्मूक्त भएर पौडेको कस्तो राम्रो। आहा!!! म पनि यस्तै पानीमा पौडनसके??!!!! म पौडन सुरु गर्छु उफ!!!पानीमा जादा त खुट्टा माथि
पो आउछ त ?!! उफ!!! म आफूलाइ कमजोर सम्झन्छु तर आफैलाई ढाँडस दिन्छु
मलाई पौडिन भन्दा पानी माथि लागेको स्याँउलि झार ओड्न मनपर्छ।
“फटिंग्रे!!” म कराउछु
“माछाको खुट्टा छैन त?” उ हास्छ ।
यसरी हाँसेको मनपर्दैन मलाई ।
तर म सक्दिन माछा जस्तो दौडन ?मलाई उत्सुकता जागेर आउछ
“म माछा जस्तो दौडन किन सक्दिन?”
“नानू हजूर ठूलो भए’सि सक्नु हुन्छ”
म सोध्छु “तिमी कसरी सकेको त”?
उ रोमान्चित हुदै भन्छ “ म ठूलो छु”।
मलाई उस्को कुरा पटक्कै मन पर्दैन।
खुब! म भन्दा एकहात मात्रै त अग्लो छ नि ... मनमनै रिस उठ्छ मलाइ।तर उ म भन्दा ठूलो त पक्कै छ ..... आक्रोस पोख्न सक्दिन।
“अब घर जाने .... आउनुस” म फटिंग्रेको आवाज ले झस्किन्छु।
“ल हजूरको खुट्टामा के लागेको?” म खुट्टा हेर्छु । हो त साच्चिकै .... कालो तर चेप्टिएको म हटाउन खोज्छु । सक्दिन।
मलाई रुन आयो... “हजुर रुनु भयो भने मलाई घरमा गालि गर्नुहुन्छ”
म चाहान्न कसैले उस्लाई गालिगरोस। रुन चाहान्छु तर रुन सक्दिन।
“के हो त्यो?” मैले जान्न खोजे।
“ठूलो जूका” उस्ले आफ्नो टोपिले समातेर खुट्टा बाट निकालिदियो।
“हजूरको खुट्टा मा रगत.......?
मलाई डर हैन कौतुहल लाग्यो रातो रगत देखेर ।
म सम्झन थाले ----एकदिन उ घाँस काट्दै थियो । सानो सानो किराहरु उड्दै एताउता गर्दैथिए। एउटा चाहिँ कहिले एता कहिले उता फट्किदै थियो।
“यो किन उफ्रेको”? मैले जान्न चाहेँ।
“ऊफ्राइएको”... उस्को आवाजमा कडापन थियो। म उदास भए।
“नानू हजूर लाइ कुन किरा मनपर्छ?” सायद उसलाई मनपरेन मेरो उदासिनता
“मलाई मखमली किरा खूब मनपर्छ” म प्रफुल्ल भए
“तिमीलाई नि?”
उस्ले एकपटक मलाई हेर्यो-“उ त्यो उफ्रिराको किरा मनपर्छ मलाई”।
म उत्सुक भए” के हो यस्को नाम?”
“फटिंग्रा”
मैले पहिलो चोटी जिवन्तता भेटे । केहि हुनुको ।
त्यहाँ सत्यता थियो ।म झल्यास्स भए “हरिप्रासद” ? त्यो भनेको के होला????!!!!
मेरो खुट्टा बाट रगत बगिरहेको थियो मैले त्यो रगत हेरि रहे ।“
अस्ति घाँस काट्दा तिम्रो हातमा नि रातो रगत थियो नि?” मैले उस्लाई सोधे
“थियो नि” उ गम्भिर भयो
“जूका को रगत कस्तो हुन्छ?” मैले जान्न चाहेँ।
उ चुप थियो । स्तब्धता !!!!!?? मलाई डर लाग्यो।
उसलाई हेरे मैले त्यहाँ उस्को आखाँमा तुफानी समुन्द्र देखे।
उ त्यसरी चुप लागेको मलाई मनमर्दैन। मैले कुरा मोड्न चाहेँ मानौ उस्लाई खुसी गराउन चाहेँ....“सबै माछा मिलेर जूकालाई किन नमारेको होला?”
सायद मेरो एकोहोरो पन मन परेन उस्लाई।
मलाई सान्त्वना दियो अथवा उस्को अन्तरमन बोल्यो-
“एक दिन अवस्य मार्नेछन्।“
म चुपचाप उस्को हातसमातेर हिड्न थाले
मानौ मलाइ हतार थियो आमालाई जूका को कुरा सुनाउन ।