Posted by: miss_ me July 25, 2006
Login in to Rate this Post:
0
?
फटिंग्रे
पख-पख !! म अडिन्छु। रुक्न चाहान्न तर अगाडि नि बढ्न पाउदिन। विवस म फटिग्रेलाई हेर्छु अनि फुपूलाई।
हो ! फटिंग्रे म नि उसलाई फटिंग्रे नै भन्छु। सबै उस्लाई त्यहि नामले बोलाउछन। तर , मलाई यो नाम मन पर्दैन।
एक दिन मैले बाबालाइ भने " बाबा फटिंग्रेको नाम ‘शिवप्रसाद’ राखि दिनुस न।" बाबा रिसाउदै भन्नु भयो"यो तेरो दादाको नाम हो"।त्यसो भए ‘हरिप्रसाद’ राखिदिनुस न त। बाबालाई सायद मेरो कुरो मनपरेन--"त चुप लागेर बस् त"।
म आज्ञाकारी भए।
तर मलाई यसरी चुप हुन लगाइएको मन पर्दैन।कस्तो रूढ बाबा ??म उदास भए। उहाँको चोर औंला पकडेर हिड्नमनपर्छ मलाई । “बाबा”शब्द भित्र हराउन मन पर्छ मलाई। त्यसैले, बाबा भन्दा उहाँ रिसाउदाको आखाँसगं डर लाग्छ मलाई।
फुपुले अम्खोरामा पानी लिएर म भएतिर छर्कनु भयो अनि भन्नु भो "जा अब "।
म खुर्र दौडेर आमाभए तिर गए "हेर यो नाक को फुलिमा के टाँसिएको हरियो?"
म झन काख मा बस्न गए.... नकुनै अनुरोध न कुने स्विकृती मानौ आमाको काख मेरो अधिकार हो। ।म डराउदा,आमा भन्दा टाढा हैन नजिक हुन मनपर्छ "ल हेर कपाल मा पनि यस्तै छ"।
“फटिंग्रे” !!
“ए! फटिंग्रे” !!
आमाको आवाज ले म भएभित हुन्छु।
“हजूर!!!!"
उ हस्यागं फस्यागं दौड्दै आएर ढोका बाहिर ऊभिन्छ। उ बाहिर उभिएको मलाइ मनपर्दैन। खै आमाले भित्र पस्न नदिएको हो अथवा उ अभ्यस्त छ घर भित्र पस्न हुदैन भनेर । उस्को निन्यारो मुख देखेर माया लागेर आउछ। लाग्न पनि किन नालागोस त माया .....शिव दा सधै आमाको काखमा बस्न आउनुहुन्छ । मेरो चकलेट खाईदिनुहुन्छ।मलाइ 'नानी' 'त' भन्नुहुन्छ तर फटिंग्रे कहिले पनि आमाको काखमा बस्न त के आमालाइ छुनपनि आउदैन ..मलाई 'नानू "हजूर" भन्छ। उ आमालाई किन छुदैन त्यो जान्न चाहान्न म बरु उ आमाको काख मा नबस्दा खुसी छु
मेरो अबोध दिमाग सोच्न थाल्छ “माया” त मैले आमालाइ पो गर्छु त।
होइन.. यो माया हैन होला... यो कुनै चेतना होला अथवा कुनै आक्रोस होला अथवा सहानुभूती होला ..... कि आत्मियता होला ।