Posted by: gaalab July 25, 2006
Chautari XIX
Login in to Rate this Post:     0       ?        
आज पल्लाघर दाइले मेलामा बोलाएकोले उतातिरै भुलियो। यसो चौतारीमा पसिना पुछौं भनेर आएको त, बाफ्रे बाफ्रे नयाँ पुराना मान्छेहरु आएर पनि गैसकेका रैछन्। प्रीति - ल उस्तै अनुभव त गरिया रैछ। तर तपाईंको अनुभव कस्तो हो? हामीले पनि सुन्न हुन्छ कि? लेख्न आउने नआउने त लेख्न थालेपछि थाहा हुन्छ। हामीले नेपालीमा सोच्ने भएकोले लेख्न नआउने भन्ने त कुरै हुँदैन (बाह्रखरी सिकेपछि)। दिमागमा जे जे आउँछ, त्यही त्यही किबोर्डमा हान्ने न हो? :D मिस - त्यो दिन मामाघर गइएन। पाठकलाई ढाँटेर लेख्न त मिलेन नि! कि कसो? मैले देखे अनुसार जो जसको पनि हजुर-बा हजुर-आमाले बा-आमाले भन्दा बढी माया दर्शाउनुहुन्छ। म पनि अपवाद भने थिइन। ल, अब तपाईंलाई पनि लेख्ने खस-खस लागेजस्तो छ, मलाई चित्रेको आत्म-बृतान्तले लेखुँ लेखुँ लागे जस्तै। ल, हामी प्रतीक्षामा छौं। तितौरी - यतिका दिन भोकै हिंडाएकोमा माफ :)! ल अब चाहिं टन्न मिठो-मिठो खानुस्। अरु कथा त खै के लेखुँ? ठुल्नानी - नियात्रा पढेर तत्काल प्रतिकृया दिने तपाईं नै हुनुहुन्थ्यो, त्यही प्रोत्साहनले ९ भागसम्म लेखेर बिट मार्न सकें। मुरीका मुरी र पाथीका पाथी धन्यवाद! आजभोलि अलि व्यस्त भए जस्तो छ, त्यसको बाबजुद कथा पढेर कमेन्टसम्म लेखिदेकोमा हार्दिक आभार। एन्डिङ्को बारेमा गाली पाइएला भनेको त ताली पो पाइयो। :D कुम्लेजी - लेखनशैलीको प्रशंसा त गर्नुभयो। तर दोहोर्याएर पढ्दा चाहिं गल्ती नै गल्ती र वाक्य-संयोजन देखेर लाज लागेर आउँछ। क्रिसको कथा चैं एकदम दामी लाग्यो। अब, ह्यारी (हरि) को पालो है? बिर्खे काका - केटाकेटी बेला याद आयो भन्नुहुन्छ। भनेपछि जुग पैलाको कुरा होला केरे! मधेसबाट आएपछि मधेसका कुरा सुनम् न! सानोकान्छा - ए! हाम्रो भेगतिर पनि पुग्नुभा'रछ। कि लेकतिर दरबन्दी थियो हो? हैन तपाईं त जता पनि हिंड्नुभएको हुनुहुँदो र'छ त! पुर्ख्यौली घर चाहिं कता पर्यो कुन्नी? चित्रे - वास्तबमा तपाईंको धनकुटे लाइफ पढेर लेख्ने हौसला जागेको हो। तपाईं २-४ दिन बिजी भन्नुभा'थ्यो। फ्रि हुनुभो? ल अरु जावस्। ल त, नियात्रा पढ्नेलाई पुष्पाञ्जली, प्रतिकृया दिनेलाई प्रेमाञ्जली :)) अस्तु:॥
Read Full Discussion Thread for this article