Posted by: lootekukur July 24, 2006
Kabita nai Kabita
Login in to Rate this Post:     0       ?        
"म र मेरो एक्लोपन" ============ म र मेरो एक्लोपन अक्सर आपसमा यो कुरा गर्छन... तिमी साथ हुँदा कस्तो हुन्थ्यो होला तिमी यो भन्थिउ, तिमी त्यो भन्थिउ तिमी यो कुरामा अचम्मित हुन्थिउ होला तिमी त्यो कुरामा कति हाँस्थिउ होला तिमी साथ भये यस्तो हुन्थ्यो, तिमी साथ भये त्यस्तो हुन्थ्यो म र मेरो एक्लोपन अक्सर आपसमा यो कुरा गर्छन... यो रात हो वा तिम्रो खुलेको केश हो हो पुर्णिमा वा तिम्रो आँखाले मेरो रात धोइएको हो यो जून हो वा तिम्रो चुरा ताराहरु हुन् वा तिम्रो आँचल हावाको झोँका हो वा तिम्रो शरीरको सुगन्ध पातहरुको हो सर्सराहट्, वा बिस्तारै तिमीले केही कुरा गरेकी हौ यो सोच्छु म गुमसुम् भएर, कि मलाई पनि थाहा छ, तिमी छैनौ, कतै छैनौ तर यो मुटुको धड्कन् भनिरहेको छ, तिमी यहीँ छौ, यहीँ कतै छौ हाहाहाहाहा लुते
Read Full Discussion Thread for this article