Posted by: world_map July 24, 2006
Chautari XIX
Login in to Rate this Post:     0       ?        
लौ, मेरो चौतारीमा नमस्कार छ है सबैलाई! आज कामबाट चौतारीमा लेख्न त के चियाउनसम्म नि भ्याएको हैन, साह्रै बिजी। घर पुगेर सबै कथा सथा पढियो। गालब जीको कथा राम्रो लाग्यो, कति जीवन्त वर्णन! कुम्लेको कथा सस्पेन्सले भरिपूर्ण र रमाइलो लाग्यो। बिर्खे माइल्दाईलाई पुनर्स्वागत छ है चौतारीमा, कहाँ हराउनु भाको यत्रो दिन? तीर्थ जानु भा हो कि क्या हो? गोतामे ज्यूको सल्लाह नि मनासिब लाग्यो। दुइ दिन चौतारी महोत्सव गर्दा राम्रै हुन्छ, सुदूर पूर्व र सुदूर पश्चिममा बस्नेको लागि। हामी जस्ता बीच्चमा (जी एम टी) बस्नेलाई त दोहोरै फाइदा नि। फेरी एक दिन गर्दा काम विशेषले चौतारीमा आउन नभ्याउन नि सक्छ, त्यसैले दुइ दिनै गर्नु राम्रो हो। म map quiz पनि गरूँला निश्चित मात्रामा, पोस्ट गर्ने सामग्री नि ठीक पारेर राखम्ला। दादा, सान्कान्छा, साहिंला, म नेपाली, प्रिती जी, ठूल्नानी, तितौरी, मास्टर्नी दिदी र अरू सप्पै गाम्लेलाई मेरो सम्झना है। :)
Read Full Discussion Thread for this article