Posted by: ss74k July 24, 2006
पोसाकमा पनि प्रचण्डपथ
Login in to Rate this Post:     0       ?        
काठमाडौं, साउन ७ - बालुवाटारमा असार २ गते सार्वजनिक हुँदा माओवादी अध्यक्ष प्रचण्ड र नेता डा. बाबुराम भट्टराई खरानी रङको सुती कपडामा देखिए । धेरैले अडकल काटे- बारम्बार उत्पन्न मतभेदलाई ओझेलमा पार्न एउटै पहिरन लगाए । कतिको ठम्याइरह्यो- माओवादी नेताहरूको पनि 'युनिर्फम' रहेछ ।अन्य कार्यक्रम र भेटवार्तामा पनि उनीहरूको पोसाक फेरिएन । असार ३१ गते गोदावरी वार्तामा प्रचण्ड र बाबुराम मात्र होइन माओवादीका विशेष केन्द्रीय कमान्ड इन्चार्ज एवं डिपुटी कमान्डर वर्षमान पुन -अन्ान्त) पनि त्यस्तै पहिरनमा देखिए ।जेठ अन्तिम साता प्रचण्ड र बाबुराम कास्कीको सिकलेसबाट पोखरा झरेका थ्ािए । सिकलेसमै रहँदा गृहमन्त्री कृष्ण सिटौला र कांग्रेसका शेखर कोइरालासँगको भेटवार्तामा काठमाडौं जाने पक्कापक्की भएपछि यी दुवै नेताबीच पहिरनबारे छलफल भएको थियो । निचोडमा खरानी रङको कपडा लगाउने निधो भयो । पोखरास्थित एक टेलरमा अर्डर गरी सिलाउन लगाइयो । खरानी रङ बाबुरामभन्दा पनि प्रचण्डको छनोट थियो । प्रचण्ड यसअघि पनि प्रायः यस्तै रङका लुगा लगाउँथे ।माओले लगाउने कोट पनि यस्तैमा हरियोको मात्रा केही बढी थियो । स्रोतका अनुसार गोदावरी वार्ताका बेला अनन्तलाई पोसाक सिलाउन न्युरोडस्थित एक टेलरका प्रतिनिधि प्रचण्ड र बाबुराम बस्ने राजधानीकै एक होटलमा बोलाइएको थियो । त्यसक्रममा प्रचण्ड र भट्टराईले पनि नाप दिएर पोसाक सिलाए । तीन नेताले सिलाएको देखेपछि तत्काल केन्द्रीय सचिव अमर शर्मा, तेस्रो डिभिजन कमान्डर विविध, सहकमान्डर सञ्जीव र कमान्ड सचिव सरलले समेत अर्डर गरे ।माओवादी नेताका पोसाकबारे धेरैका अनुमान मिल्दोजुल्दो भएको स्रोतले बतायो । 'वैशाख अन्तिम साता भारतमा सम्पन्न्ा केन्द्रीय समितिको विशेष बैठकद्वारा पारित पहिरनमा एकरूपता गराउने निर्णय बालुवाटारमा सार्वजनिक हुनेक्रममा कार्यान्वयनको पहिलो चरणमा पुगेको हो,' स्रोतले भन्यो । माओवादीको पछिल्लो विशेष बैठकले पहिरनमा एकरूपता ल्याई समाजमा आफ्नो विशिष्ट पहिचान देखाउने निर्णय गरे पनि पोसाकको रङ र जातबारे खुलाएको थिएन । तर माओवादी नेताहरूले किन भद्र देखिने पोसाक रोजे त ? 'एउटा पहिरन नौ सय रुपैयाँभन्दा बढी मूल्यको हुन नहुने पार्टीको लुगासम्बन्धी आचारसंहिता छ,' एक नेताले भने- 'त्यो पनि वर्षमा दुई जोर मात्र सिलाउन पाइने नियम छ ।' यस्तै आवश्यक मौसमी लुगा भने किन्न पाउने व्यवस्था छ । यी सबैको खर्च वर्षभरिमा बढीमा तीन हजार मात्र हुनुपर्नेछ ।प्रचण्डको कपाल कोराइ माओवादीभित्र अर्को फेसनका रूपमा देखा पर्न थालेको छ । जेठको तेस्रो साता यस संवाददाताले चितवनको सिरानटारमा भेट्दा प्रचण्ड र बाबुराम दुवैले देब्रेतिर फर्काएको 'हेयर स्टाइल' थियो । तर अर्को साता राजधानी देखिँदा दुवैको कपाल कोराइ सिलिक्क र सीधा पछाडि फर्काइएको पाइयो । असार दोस्ा्रो साता राजधानीमा आएका माओवादीका अर्का शीर्ष नेता रामबहादुर थापा -बादल) ले पनि त्यस्तै 'हेयर स्टाइल' बनाएका थिए । Posted on: 2006-07-23 21:59:23 http://kantipuronline.com/kolnepalinews.php?&nid=80528
Read Full Discussion Thread for this article