Posted by: Birkhe_Maila July 24, 2006
Chautari XIX
Login in to Rate this Post:     0       ?        
आरामै छु गोताएँ..गोडो दुख्न नि छाडो, पिरो अमिलो खाँदा नि केइ हुँदैन फुर्तिलो छु भन्नु परो अब। दिन दिनै तीन घान मकै र हरलिस को सिसिको आधा सिसि मुलाको अचार घ्यापिन्छ अचेल त! अनि क्यारिँदै छ? सबै बेसै होला नि? ***** मास्टरनी नानी, क्यार्नु एसो केइ दिन मधेस झर्नु परो भनेर हिनेओ काका बुडा र म भ'र तेसइले आम्न नपा हो चौतारि तिर। पाठ त खै भन्नु पोलेर खाइयो जस्तो छ। अरु कोइ नयाँ बुडाहरु छन पोरोढ सिछ्छा पड्ने आचकल? ******* जदौ दादा! टारी खेताँ रोपाईँ सकियो? एसपाली कुन लाको? तेई पोखरेलि हो? मइले नि पोख्रेली लाउने भनेओ तर तेती धान पर्दैन । ***** सान्नानी, ठुल्नानी क्यार्दै छौ? कुम्ले, गालउ लु लेखुम लेखुम दुइटा बेग्लाबेग्लै स्वाद आम्ने तिमेरको कथामा। चिसो बरफ पिरो तितौरामा दल्दै खाएको अस्तो, केटाकेटी बेला याद आयेको नि। तितौरा भन्दा सम्झैँ, हैन ए गाम्लेओ, यिनी तितौरी नानी हाम्रा साइँलो हाकिमको कान्छि छोरी हैनन र भनेओ? तेइ के तल्लो बजारको साईँला हाकिम, काठमान्डुमा ३ तले घर बनाछन भन्ने सुन्या थेँ। ४ वोटा त सटर छ रे घरमा, बाल नै गोडा पाँचेक हजार आम्छ रे घरबाट। कस्तो हलक्क बढेकी । कति बर्खकि भयौ बा? कति किलास पुगेउ? बा जस्तै पड्ने मान्छे बन्नु है? **************** काका बुडाले तिम्री काकीलाई गोडा एक दुएक फरिया किन्दिनु परो उता रउसोल हुँदि राम्रा राम्रा फरिया पाइन्छ भनेर रिक्सा चडेर रउसोल तिर लाग्या थे, ३ दिन जति पछि त, " जिम्माल, म त बेखर्चि भएँ मटर चड्ने पैसो देउ, म पहाड जान्छु" भनेर भन्छन बा! " किन बुडा, क्यारेऊ तेत्रो सपै पइसो?" भनेको त, "म पछि भन्छु अइले खुरुक्क पैसो देऊ त" बनेर कड्किए। अब बुडाओ रिस सपै गाम्लेलाई था छँदै छ, बुडा बम्किए पछि कसैले मुख बाउन पाम्दैन। अनि मैले दुइटा हरिया लम्बरि नोठ दे'र बुडालाई पठाको हो, बुडा त गाममा आकै रइन्छन। कता अन्मरिए कुन्नी? हिसाबले बुडा रउसोलाँ लुटिए अस्तो छ, यता काकिआमाको रोएर बेहाल छ...च्व... च्व.. च्व... बिचरा बुडा कता दुख पार बसिरा होलान्! भउते मोरो काका बुडालाई जाँ बाट भएनी खोजेर ल्याम्छु भनेर सुरिँदै थ्यो, लाठे मुन्छे सुरिएसि काम फत्ते हुन्छ भन्छन् अरु एउ दुइ जना गाम्का ठिटा बटुलेर काका खोज्न जान्छु भन्तो.. हिन्यो कि के हो?
Read Full Discussion Thread for this article