Posted by: nepalean July 22, 2006
Chautari XIX
Login in to Rate this Post:     0       ?        
जन्ती सर आज बाटुली दीदीको बिहे बजार तिरबाट जन्ति आउदै छन । बजारमा त मटर हुन्च रे । मटरका पाङ्गरा हुन्चन रे अनि जा हात ठडायो तेइ रोकिन्च रे । कति बुझ्नि है शहरका मुन्छे हरु । हाम्रो गाममा त बाख्राले नि भनेको टेर्दैन । अस्ति जुम्लि वाख्रो पौडेलको बारीतिर पस्न खोज्दै थियो, जति कराउदा नि टेरेन अनि छेक्न गको साडेको सिङले सर्टको टाकनै चुडाइदियो । स्कुलको डिडेस होके रे । अब त स्कुल जानु पर्दैन, आरखेत जादा नि एइ सर्ट बाख्रा हेर्न जादा नि एइ सर्ट । शहारका मुन्छेले कपडा राम्रा लाएनि रौसि त सप्पैले खादा रैचन । तेस्तो गनाउनि रौसि नि किन खान्छन होला ? रौसि खाएसि मुन्छे बलियो हुदारहिचन अनि त हाम्रा बाले आमालाइ सधै कुट्चन । मेरी आमाको सारै माया लाउच तेसैले म रौसि खान्न । जगियाको छेउवाट २वटा सरहरुले बोलाउनु भयो । सरहरु त रौसि नखानु हुदो रैच । २ टै सरहरुले राम्रा कपडा अनि जुत्ता लाउनुभको रैच । एउटा सरले त चश्मा पनि लाका थिए ।मान्छे पनि कति राम्रा ।सप्पैले जुत्ता लाका थिएनन् तर चप्पल चै लाका थिए। जुत्ता त भैसी छालाले बनाउचन रे । भोलि पर्सि हाम्रो भैसी मरेसि बालाइ मालाइनि एउटा जुत्ता बनाइदिनि भन्छु । ति २ टा सरहरुले रौसि नखार होला कति राम्रो बोल्नि । स्कुलका सरले भन्दा पनि राम्रो बोल्दा रैचन । मलाइ कति पढ्चौ भनेर सोधेका थिए । ५ कक्षा भनौ जस्तो लागेको थियो तर ढाटिन । डल्लेले जस्तो पढ्न नआएपो , मलाइ त कखरा सप्पै आउच । १ देखि १०० सम्म पनि भन्न आउच । डल्लेका बाख्रा हराउदा सधै मैलेनै गन्चु । एउटा सरले धेरै पढ्नु पर्च भन्थे, अर्का सरले पनि मुन्टो हल्लाउथे । ति सरहरुलाइ त १०० भन्दा पनि धेरै गन्न आउछ होला है ? ठुला कक्षामा त किताप पनि मोटा मोटा हुन्चन अरे । तेत्रा मोटा कितापलाइ कसरि गातो हाल्दा होलान । पलास्टिको झोलामा त अट्दैनन होला है ? मलाइ नि जन्ति सरहरु जस्तै हुन मन लायो । अर्को साल स्कुल गर म नि १४-१५ कक्षा सम्म पढुछु , चश्मा लार हिड्छु अनि सरहरु जस्तै रौसि नखानि मान्छे बन्छु । ------अस्तु -------
Read Full Discussion Thread for this article