Posted by: gaalab July 22, 2006
Chautari XIX
Login in to Rate this Post:     0       ?        
नमे दाइ -- त्यो कथा दामी लाग्यो। कतै पेननेम राखेर आफैंले लेख्या त हैन? गोतामेजी - धन्यवाद। यहाँभन्दा प्रशंसा बढी गर्नुभयो भने मेरो नाक फुट्ला! खै नेपालीमा लेखजस्तो यस्तो कुराहरु एस एल सी र १२ कक्षा पछि केही लेख्या छैन। यसो साथीहरुले नियात्राहरु लेखेको देखेर लेखूँ लेखुँ लागेर मात्रै हो। के गर्नु तपाईंको जस्तो झटकलाग्दो कविता लेख्न जानिदैन। जे होस्, ऋषिजी त माथि tropic of capricorn (कर्कट रेखा हो कि मकर रेखा भन्छन् क्यारे हाम्रो भाषामा) तिर भए जस्तो लाग्या छ। अरुहरु त खै! अनि अनेसासतिर तपाईं पनि छिर्नुहुन्छ भन्ने हल्ला एउटा दादा भन्ने गिरीले सुनाक' थे। कै भइराख्या छ हो? जे होस्,मौका मिल्यो भने अवस्य भेटघाट गरौंला।
Read Full Discussion Thread for this article