Posted by: gaalab July 22, 2006
Chautari XIX
Login in to Rate this Post:     0       ?        
ठुल्नानी -- प्रतिकृयाको लागि फेरि पनि धन्यवाद! कुम्ले -- मैले त चौतारी बनाइदिएँ यसै धर्म भैहाल्यो नि! त्यसमाथि पनि यात्रुलाई चौतारीसम्म सित्तैमा डुङ्गा खियाएर पुर्याइदिएको छु क्यारे! त्यो भन्दा पनि कति धर्म गर्ने? कन्यादानको कुरा मलाई नभन यार। आफू त अँझै ब्रह्मचारी मान्छे, कन्यादान दिन मिल्ने कोही छैन। बरु पुन्टे दाइलाई भन - उनका त घरभरि बहिनी र साली रहेछन्। पृति -- ल यता आऊ १र४ लम्बरको डुङ्गामा। तिमीलाई भनेर सित्तैमा बाराही मन्दिरसम्म पुर्याइदिम्ला। कथा पढेकोमा धन्यबाद! तितौरी -- कथा अँझै सकिया छैन। भर्खर दुलहीको घरमा आइपुगिया छ। अरु भाग पस्किंदै जानेछु। पढ्दै गर्नू र यसो प्रतिकृया पनि दिन नभुल्नू! निरे जी -- तपाईंको नाम रजिष्टरबाट कहिले काटिएको रहेछ। मैले त अघिल्लो रजिष्टरबाट हु-बहु सारेको हुँ। यो चौतारी बनाएको नाताले, नाम भुल्न गएकोमा क्षमा! अर्को चोटी थपम्ला (फेरि मैले नै बनाएँ भने) जे होस् आउँदै गरे, माया नमारे!! अब, चौतारी महोत्सव आ-आफ्नो गाममा मनाउने कुरा जो छ, त्यसमा मपनि सहमत छु। हाम्रातिर भएका भनेका दादा, गोतामे र म हौं क्यारे! (अरु कोही छ?) दादालाई त कति भेट्नु? ८-१० दिनपछि पनि भेट हुँदैछ। ८-१० महिनापछि त झन् छिमेकी नै भइएला जस्तो छ। बाँकी, गोतामेजी पर्नुभयो। के छ हो गोतामेजी बिचार? मास्तिर आउने प्लान छ?
Read Full Discussion Thread for this article