Posted by: world_map July 21, 2006
Chautari XIX
Login in to Rate this Post:     0       ?        
अनि चौतारी महोत्सवमा चैं मेरो नि सहमति छ, रमाइलो गर्नु पर्छ त्यो दिन, दादाको आईडिया गजपको छ ल। अब सरसल्लाह र तयारी गरम्। केही वर्ष पहिले अमेरीकामा र पछि नेपालमा साझावासीहरूको भेटघाट कार्यक्रम पनि भा' थ्यो। फोटाहरू पनि टाँसेका थिए। अचेल त साझाको जनसंख्या निकै बढ्यो, अहिले चौतारीमा मात्र त्यो बेलाको साझाको जति मान्छे छन् होला। हामी चौतारीबासी मात्र यस्सो भेटघाट गर्ने कार्यक्रम राख्न पाए हुन्थ्यो। तर कति त महादेश नै फरक बसेका छन्, त्यसैले नजीकै बस्ने, र भेटघाट गर्न ईच्छुक गाम्लेहरूले चैं कार्यक्रम आयोजना गरी फोटो सोटो नि टाँसे कसो होला? सब भन्दा बढी गाम्लेहरू त उत्तरी अम्रिकाबाटै छन् नि, लौ त्यहाँकाले पहल गरम न त।
Read Full Discussion Thread for this article