Posted by: gaalab July 20, 2006
Login in to Rate this Post:
0
?
मेरो नियात्रा पढिदिनुहुने सबैलाई धन्यवाद!
ठुल्नानी, कुम्ले, पृति, नमेदाइ, तितौरी, गोतामेजी, चित्रे, मास्टर्नी दिदी लगायत सबैलाई मुरीका मुरी, क्वीन्टेलका क्वीन्टेल सुकरिया! हिजो चौथो भाग लेखम्ला भन्दै थिएँ, आधा लेख्दैमा निद्रा लाग्यो त्यही भएर शयन गर्न हिंडिहालें। आज पस्कनेछु। गोतामेजी, गो-योकाइ नो होदो ओनेगाइ इतासिमासु।
सिमली छाँयाको कुरा गर्दा, नमेदाइले ल्याएको प्रशंगको याद आयो। स्कूल एसेम्ब्लीमा नै गाइदियो नि है त्यो केटोले। मान्छेभन्दा मादल ठूलो! तर जे होस्, दामी इम्प्रेसन चैं छाड्यो केटोले।
तर यो गीत माउवादीको नभै कम्निस्टहरुको गीत भनेर धेरै पहिलेदेखि (०४६ भन्दा अगाडि) चिनिन्थ्यो। रक्तिम परिवारको गीत जस्तो लाग्छ।
चौतारी महोत्सव मनाउने कुरामा मेरो पनि सहमत।