Posted by: nepalean July 20, 2006
Chautari XVIII
Login in to Rate this Post:     0       ?        
हो त नि चौतारीको बार्षिकी पनि आउने लागेच । ल ल सप्पै ले तयार गरौ । सप भन्दा पहिला त त्यो चौतारीको धागोमा अरु के के जाति धागो मिसीएका छन । त्यो सफा गर्ने काम चै सान दाइको पर्यो । तर सानदाइले चौतारी साझा डाडाको टु्पैमा राखेको र जति राखे पनि अट्ने खांग्री डोको चौतारीमा बिसाकोमा माना, पाथी र मूरी धन्यबाद । तर कुरौ के भने सप्पैलाइ ३०० मात्र अट्नी डोको चाहिएकोले यो खाग्रे डोको लाइ घटाएर ३०० मात्र अट्ने पानी खाने डोको बनाउनि कि गाम्लेहरु ? ल सानदाइ मरो सल्लाह है । त्यो डाडामा एकै चोटी जाने र मुल घरमा जाने पाइटा (लिंक) पनि चौतारीबाटै आको र सानदाइले राखेकोमा अनी गुगुलां जस्तो १ २ ३ ... राख्न सल्ला दिने नेपे दाजिलाइ अर्को माना, पाथि र मुरीको धन्यबाद । अब तेस पछि दादाका लिखेका कथा अनि सिरे (कता मोर्यो आजकाल ? ) का ठट्टा र गोतामे, ईश्वर, चित्रे, भउते, बिर्खे, कलंकी, पन्टे पुराना दौतारीलाइ पनि धन्यबाद । अब नया दौतरी त कति कती (मास्टर्नी नानी, मुन्द्रे, लाले, गालब , पिकरेली, साँहिला, आइते, मुखियाबा, लालुपाते, गुरासे, लाउरे दाई, लुते, नटे, डल्ली, सेर्पिनि, लन्लि, रामकिस्ने, रुइना, नेप्चे, बेमानि ,आशे, चिप्ले, परदेशी, पानपाते ,हर्के, यामे , सुभे, ठुल्नानि, प्रिती ,हिते ,नारने, कैले, तिर कुमारी, चरीनङ्रगे, बब दाई, सान्कान्छा, राते, हिते, रामे, मने, इन्द्रेणी,हिमाल, कुम्ले, फोक्से, डि) सप्पै मिलेर रमाइलो अर्नु पर्च बार्सिकिमा । के के रमाइलो अर्नि त सप्पैले सल्ला दिदै जाम है । अर्को कुरा यो चौतारीमा रोमन को सट्टा नेपालीमा १ २ ३ ...( जस्तै चौतारी १) लेख्न थालौ तेसो गर्दा सप्पै गाम्लेलाइ पढ्न सजिलो हुन्च कि ? - नमे
Read Full Discussion Thread for this article