Posted by: Nepe July 20, 2006
KAVITAKO DESH-II
Login in to Rate this Post:     0       ?        
कुम्लेजीको फर्माईसमा: प्रत्येक दिन‍- अघिल्लो भन्दा उदास लाग्छ, यस्तो लाग्छ जिन्दगी गिलासमा एक पोका चिया छ म हिजो देखि पानी थप्दै पिईरहेछु स्वाभाविक हो- प्रत्येक घुट्की अघिल्लो भन्दा फिका लाग्छ । *** *** *** म दिउरीबाट छोरीको लिटो एक चिम्टी फू: फूक्दै एउटा गुच्चा बनाएर मुखमा राख्छु अनायास म गुनगुनाउँछु- आह ! जीवनको गुलियो-नुनिलो स्वाद !
Read Full Discussion Thread for this article