Posted by: sayami July 15, 2006
HARISH SPEAKS OUT !!!!!!!!!!!!
Login in to Rate this Post:     0       ?        
कुरा सुन्दैमा रिस उठ्ने, यो अमेरिकामा बस्ने गांठेहरुको। चुप लागेर त बस्नै सकेन। भनौं भने के भन्ने, आफ्नै देशको साथिभाइहरु। खालि खुट्टा तान्ने बाहेक अरु कुनै काम देख्या छैन। बल्ल बल्ल नेपाल देखि दिन रात नभनि नेपालि साथिहरुलाइ मनोरंजन गराउन कोसेलि बोकेर आउंदै छ। त्यस्मा पनि वाइयाति निन्दा चर्चा। बिना पैशा यो संसारमा कसैले काम गर्न सक्दैन। यो कुरा सबैलाइ बिदित्तै छ। हाम्रो साथिहरुलाइ पनि थाहा भएकै कुरा हो। गाडिको पैसा तिर, कोठाको पैसा तिर, टेलिफोनको पैसा तिर, बिजुलिको पैसा तिर, आदि आदि। अमेरिकामा महिनादिनको बहाल तिरेन भने कोठाबाट निकालि दिन्छ। तपाईंहरु कसैले सित्तैमा कतै काम गर्नु भएको छ? घन्टा घन्टाको आफ्नो पसिना चुहाएको परिष्रमको हिसाब गर्नु हुन्छ। संगित क्षेत्रमा लाग्ने हाम्रो नेपाली साथिहरुको पनि दुर्भाग्यनै छ। महिनावारि पेश्की कतै बाट पाउंदैन। संगितमै लाग्ने भने पनि यस्ले खान पुग्दैन। घुम्ने कुरा त परै जावोस। साथिभाइहरुले स्पोन्सर गरेर कस्तो दुख गरेर यस्ता कार्यक्रमहरु रचना गरेका हुन्छन, त्यस्मा पनि ना ना थरिका कुरा सुन्दा वाक्क लाग्छ। यसो हुंदा कलाकारहरुलाइ पनि हौसला नबढ्नु पनि स्वाभाबिकै हो। के तपाइले अमेरिकामा बसेर अरु नेपाली साथिले आफ्नै साथिभाइहरुलाइ मनोरंजन दिलाएर आफ्नो खर्च उठाएको कुरा सहन सक्नु हुन्न? हरिश माथेमाले अरु कलाकारहरु संग पैसानै लिए पनि के को आपत्ति भयो त? उस्ले कत्ति लियो र दियो भन्ने कुरा त ब्यक्तिगत कुरा हो। हामिलाइ यस बारे जान्न आवश्यक छैन। यस्मा कसैको आंखा लाग्नु पनि जरुरि छैन। अर्को कुरा कलाकारहरु नफर्किकन अमेरिकामानै बसे पनि के फरक भयो त? आफ्नो देशको कला, संगित, संस्कृतिको बिदेशमा पनि उत्त्थान गर्न झन बढि टेवा मिल्ने भयो। अमेरिकामा यस्ता ब्यक्तित्वहरुको स्वागत छ। यस्मा कसैले निन्दा चर्चा गर्न आवश्यक छैन र बस्ने हो या फर्कने कुरा उनीहरु आफैले निर्णय गर्ने कुरा हो। यस्ता चाहिने नचाहिने कुरा गर्नु भन्दा आफुले कसरी मद्दत गर्ने भन्ने कुरामा समय खर्च गर्नु होला। उहाहरु अमेरिका भरि तपाइंको छिमेकि सहरहरुमा आउंदै हुनुहुन्छ, आफ्नो टिकटको ब्यबस्था समयमै गर्नु होला। सके आफ्नो छिमेकिसाथिहरुलाइ पनि लगि आफ्नो संस्कृतिको पहिचानको न्वारान गराउनु होला। हरिश माथेमाजी, हरेश नखानु होला। आफ्नो कार्यक्रममा अगाडि लाग्नु होला। हामी यस्ता गांठे चर्चाबाजी हरुलाइ पाठ सिकाउंदै जाउंला।
Read Full Discussion Thread for this article