Posted by: Nepe July 13, 2006
MERO KABITA - "BHAUTE"
Login in to Rate this Post:     0       ?        
डा. घनश्याम न्यौपाने 'परिश्रमी' का अनुसार गजलको स्तरमापन गर्ने मूल आधार शेरको उक्ति-वैचित्र्य (तगज्जुल) हो । - http://www.sajha.com/sajha/html/OpenThread.cfm?forum=4&ThreadID=25330#269853 वास्तवमा स्तरमापन मात्र होईन, लोकप्रियताको पूर्वानुमान गर्ने आधार पनि हो "उक्ति-वैचित्र्य" । भउतेको पछिल्लो गजलको सबै शेरहरुमा "उक्ति-वैचित्र्य" छ । र आरम्भिक दुई शेरमा त अति नै । *** *** *** "बाहेक" नि:सन्देह अपवाद काफिया हो । सामान्य शेर भएको भए यो अलि अशोभनिय हुने थियो । तर शेर यति असामान्य छ कि यो अपवाद त्यति खट्कदैन । त्यो बाहेक, "लायक" जसलाई नेपाली जिब्रोले "लाएक" उच्चारण गर्छ र "बाहेक", अति अनुप्रास निकट छन् । मेरो विचारमा, गजलकारले आफ्नो शेर असामान्य छ भनेर दिने सन्देश/अभिप्राय को अर्थमा अपवाद प्रयोग गर्दा हुन्छ । पारखीहरुले बुझ्छन्, नबुझ्नेहरुले यस्सै बुझ्दैनन् उस्सै बुझ्दैनन् । तर, यो खतरा नमोल्ने उपाय पनि छ । त्यो हो, एउटा उदार काफिया भएको नयाँ मतला बनाउने । दुई मतलाहरु (उहि या फरक काफिया भएका) भएका शेरहरु अस्वीकार्य हुने कुरै छैन । त्यस्ता उर्दु गजलहरु देखेको छु मैले । *** *** *** *** शिरीषको गजल गालिबको गजलसंग तुलनिय छ भनेर एउटा पारिवारिक भेटमा मैले भन्दा शिरीषले नाक खुम्च्याएका थिए । तर त्यो कुरा फेरि पनि दोह-याउछु म । गहन, चिन्तनप्रधान, दार्शनिक ।
Read Full Discussion Thread for this article