Posted by: zingkira July 11, 2006
Interested in Politics - Read this
Login in to Rate this Post:     0       ?        
मोरिआर्टर्ीीे ँअमेरिकन आर्थिक सहयोग माओवादी हतियारसहित सरकारमा आए रोकिन्छ’ भन्ने चेतावनीअगाडि हाम्रो सरकार तर्सेेमाओवादीलाई सरकारबाट पन्छाइराख्ने तर्फ हि“डेको देखिन्छ। यो त एक प्रकारले ँके खोज्छस् कानो, आ“खो’ भनेजस्तै भयो सरकार र संसद्का केही नेता र दललाई। यही चेतावनीलाई अगाडि सार्दै माओवादीलाई सरकारमा ल्याउन नहुने कुरा गर्न उनीहरूलाई सजिलो भएको छ। अमेरिका माओवादीलाई सरकारमा देख्न नचाहने, यी दल र नेता माओवादीलाई सरकारमा ल्याउन नचाहने ¦ तर दुवैले यो कुरा सोझै भन्न नमिल्ने ¦ तर यो कुटिल राजनीतिक चाल पनि हुन सक्छ। यो हातेमालो पनि हुन सक्छ- स्वदेशी र विदेशीको। यस्तो ठाडो चेतावनी दिएर एउटा सानो मुलुकको स्वाभिमानमा धक्का पुर्‍याउने काम मोरिआर्टर्ीीक्लैले गरेका होलान् - उनको यो उद्गार हाम्रै केही नेता या दरबारियासित छलफल नगरी आएको होला - मुलुकमाथि यस्तो ठाडो हस्तक्षेप गर्दा सरकार किन भर्त्सना गर्दैन- किन संसद् खेद प्रस्ताव पास गर्दैन- किन कुनै नेता बोल्दैन - भन्न त हामी आफूलाई स्वाभिमानी नेपाली भन्न कहिल्यै छोड्दैनौं। सधैं स्वतन्त्रताप्रेमी भन्न मन पराउछौं। तर जब डलरको प्रश्न आउ“छ तब हाम्रो आदर्श बिलाउ“छन् कता हो कता। चाहे त्यो यस्तो प्रश्नमा होस् या सहसचिवजस्ताले डीभी लटरीमा परी कुनै अमेरिकाको डिपार्टमेन्ट स्टोरमा लुगा पट्याउने काम गर्दामा होस्। आप\mनो स्वाभिमान र मुलुकको र्सार्वभौमसत्ता डलरमा बेच्ने हामी अलिकति राजा महेन्द्रको सन् १९६० को वक्तव्यतर्फध्यान दिउ“। उनले त्यस बेला भनेका थिए- ँनेपाली सिस्नु खान्छ, टुकी बाल्छ तर कसैको सामु झुक्दैन, आत्म र्समर्पण गर्दैन।’ एउटा निरंकुश राजाको यो स्वाभिमानको बिगुलसित अहिलेको हाम्रो लोकतान्त्रिक सरकारको मोरिआर्टीे चेतावनीप्रति मौनता कस्तो लाग्दो हो स्वाभिमान र स्वतन्त्रताप्रेमी नेपालीलाई ¦ मान्छे बा“च्छ इज्जत कमाउन। प्रचण्डले बालुवाटारको पहिलो र्सार्वजनिक प्रेससितको भेटघाटमा नेपालीलाई कति माथि उठाएका थिए। ँभगवान् बुद्धपछि अहिले नेपालीले संसारलाई केही दिन सकेको छ, नेपाली कति महान् भएको छ’ भनेर भनेका थिए। यस्ता बिचार खोइ अहिले राज्य गर्नेहरूमा - केवल चलखेल र षड्यन्त्र मात्रै धेरै। जसरी हुन्छ माओवादीलाई सरकारमा आउन नदिने एकातिर त अर्कोतिर जसरी हुन्छ उनीहरूलाई वार्ताको टेबुलमा अल्भ\mयाएर राख्ने ¦ अनेक आश्वासन दिई मीठो मुख गरेर झुक्याई राख्ने¦ संसद् र सरकार झन्झन् बलियो आफूलाई बनाउ“दै जाने र आ-आŠनो आयु लम्ब्याउ“दै जाने ¦ भित्री उद्देश्य संसद् र सरकार दुबैको २०४६ कै टालटुल गरेको संविधानलाई नै ब्यू“ताई राख्ने र सोहीद्वारा मुलुक चलाउने, सोहीको बलमा अर्को संसद्को चुनाव गराउने र फेरि पुरानै चलखेल गर्ने मौका सुरक्षित राख्ने। यी दल र दरबार फेरि २०४६-२०४७ मा जस्तै मिलेर बस्ने ¦ दलका केही नेताले यसको विपरीत बोलेका पनि छन्, तर शक्तिशाली भए तापनि यिनको सुनुवाइ भएको छैन। माधव नेपालले पटक-पटक भनिरहनुभएको छ कि छिट्टै हतियारको व्यवस्थापन गरी माओवादीसहितको अन्तरिम सरकारको गठनद्वारा संविधानसभामा तुरुन्तै जानुपर्छ। संविधानसभाको जोडदार माग गर्ने र गणतन्त्रले मात्र हाम्रो लोकतन्त्र सुदृढ हुन्छ भन्ने पक्षमा उहा“ देखिनुभएको छ, ठूला पार्टीी शीष्ास्थ नेतामध्ये। कांग्रेस सेरेमोनियल किंगको भ\mया·मा अल्भिmराखेको छ, उसको विचार संविधानसभाबारे धेरै धमिलो छ र उसको यसप्रतिको प्रतिबद्धतामा प्रश्नचिन्ह अझै छ। कांग्रेस प्रस्ट हुनुपर्‍यो, नत्र जनताले त्यो सम्मानित पार्टीीथि शंका गर्न थाल्नेछ। संविधानसभामा जान ढिलासुस्ती भएको देख्दा यस्तो लाग्छ कि हाम्रा राजनीतिक दलका नेताहरू अझै चेतेका छैनन्। आफै षड्यन्त्र गर्न माहिर यिनीहरू अरूले पनि आफूमाथि षड्यन्त्र गर्न सक्छन् भन्ने कुरा किन बिर्सिन्छन् ¦ आफनो शक्तिको त्यत्रो अहं छ भने ३-४ वर्षम्म रत्नपार्कमा गरेको रिले अनशन र नौटंकी भेलातर्फएक पटक मात्रै फर्केर हेरून्। आŠनो असलियतको पहिचान हुन्छ। तर जनता अब यो चलखेल सह“दैन। हामी यो दृढ सोचाइमा पुगेका छांै कि ँजनआन्दोलन-३’ले मात्र ँजनआन्दोलन-२’को लक्ष्य प्राप्त गर्न सक्नेछ र यो अपरिहार्य भै सकेको छ। संविधानसभाको बाटोमा अब जनताले एक्लै हि“ड्नुपर्नेछ, नागरिक समाजले नै आ³वान गर्नुपर्नेछ। दलहरू यस तर्फसंयुक्त रूपले अगाडि नबढ्ने प्रस्टै छ र बढ्ने आश्वासन दिए पनि हामी विश्वास गर्ने अवस्थामा छैनौ“। लोकतन्त्र तथा गणतन्त्र चाहने सबै स्वाभिमानी नेपाली संविधानसभाको चुनावको प्रतीक्षामा छन्। जनताले नै यसतर्फअगाडि बढ्न ँजनआन्दोलन-३’को लागि तयार हुनुपर्ने देखिन्छ। हाम्रो भविष्य कोर्ने नया“ संविधानको रचयिता हामी सम्पर्ूण्ा नेपाली नै हुनुपर्छ नत्र हामी कहिल्यै निरंकुशताबाट सुरक्षित हुन सक्ने छैनौं। संविधानसभाको चुनावपछि हुन सक्ने समस्या र धोकाहरूबारे उपयुक्त समय आएपछि लेख्नेछु। अहिले कमसेकम संविधानसभाको चुनावसम्म पुगिहालौं। Source : focus blogsome com/2006/07/10/p143/
Read Full Discussion Thread for this article