Posted by: Amrikane July 10, 2006
Mandales Read This
Login in to Rate this Post:     0       ?        
It makes me Cry when I read true story like this. What wrong these Poor Chepang (Praja) of Jogimara, Chitwan had done when they got Massacre by Sahi Sena. We gotta bring these culprits to Justice. कोटवाडामा नियन्त्रण पछि हत्या गरिएको आयोगको ठहर, मृतकका परिवारलाई क्षतिपूर्तिको सिफारिस राष्ट्रिय मानवअधिकार आयोगले कोटवाडा विमानास्थल निर्माणमा कार्यरत मजदुरहरुलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिइ हत्या गरिएको जनाउँदै दोषीलाई कारवाही र मृतकका परिवारलाई क्षतिपूर्ति दिन सरकार समक्ष सिफारिस गरेको छ। आयोगले सो घटनामा मारिएका परिवारलाई जनही २ लाख ७५ हजार रुपैया दरले क्षतिपूर्ति र परिवारका सदस्यहरुलाई उच्च शिक्षासम्म निशुल्क उपलब्ध गराउन सिफारिस गरिएको छ। आयोगका पदाधिकारीहरुले राजिनामा दिएको जानकारी दिन आयोजना गरेको पत्रकार सम्मेलनमा सार्वजिक गरेको प्रतिवेदनमा सरकारकी ठेक्कापट्टाहरुमा मजदुरहरुको दुर्घटना बिमा गराउने नियम लागु गराउन समेत सिफारिस गरेको छ। अछामको मंगलसेन आक्रमण गरि भागेका माअ‍ोवादी छापामारहरुको खोजतलासमा हिडेको सेनाले २०५८ साल फागुन १२ गते एक बालक सहित कोटवाडा विमानास्थलमा निर्माणकमा कार्य संलग्न ३७ जना मजदुरको हत्या भएको थियो। सो घटनामा विमानास्थल निर्माण गर्न घादिङ जोगीमाराबाट कोटवाडा पुगेका एकै गाउँका २१ जनाको हत्या भएको थियो।
Read Full Discussion Thread for this article