Posted by: parbate June 30, 2006
जातीय मुक्तिप्राप्त
Login in to Rate this Post:     0       ?        
जातीय मुक्तिप्राप्त गर्न हरेकजातिले राजनीतिक अधिकार प्राप्त गर्नुपर्छ- श्रीप्रसाद जवेगु, किराँतगणतन्त्र सरकार, का.वा. सभामुख Filed under: Interview किराँत गणतन्त्र सरकार भन्नाले केलाई बुझ्ने ? किराँत प्रदेशअर्न्तर्गतका सम्पूर्ण क्रान्तिकारी शक्तिहरूको सामूहिक संस्थाको रूपमा राज्यसत्ताको आवश्यकता पर्छ । त्यो राज्यसत्ताको भूमिका खेल्ने संस्था किराँत गणतन्त्र सरकार हो । यसले नेकपा (माओवादी) सँग कस्तो सम्बन्ध राख्छ ? माओवादीसँग यसको नजिकको सम्बन्ध छ । मार्क्सवाद, लेनिनवाद र माओवाद तथा प्रचण्डपथको जरामा टेकेर किराँत गणतन्त्र सरकार निर्माण भएको हो । अहिलेको दुनियाँमा हरेक उत्पीडित जनसमुदायलाई मुक्ति दिलाउने पथपर््रदर्शकको रूपमा मालेमावाद र प्रचण्डपथ विकास भएकोले त्यसैको दिशानिर्देशमा यसको निर्माण भएको हो । किराँत गणतन्त्रका नीति निर्माणमा माओवादी नेतृत्वको भूमिका कस्तो रहन्छ ? समग्रमा माओवादी नेतृत्वको भूमिका रहे पनि विशिष्टतामा किराँत गणतन्त्र सरकारको भूमिका हुन्छ । यसमा समग्रता र विशिष्टताको ‘फ्युजन’ बाट किराँत गणतन्त्र सरकारको समग्र नीति र योजनाहरू बन्छन् । किराँत गणतन्त्रको नेतृत्व स्वयं किराँतीले गर्छन् कि पश्चिम नेपालबाट आएकाहरूले ? र्सवहारा अन्तर्राष्ट्रियवादको मूल्य-मान्यताअनुसार नेतृत्व किराँतीले नै गर्नुपर्छ भन्ने छैन । । तर, जुन अवस्थाको सिर्जना भइसकेको हुँदैन, समाजमा त्यतिखेर त्यो समाजले निश्चित र वस्तुगत अवस्था खोज्छ । अहिले किराँत प्रदेशको चेतना त्यो स्तरमा विकास भइरहेको छैन । त्यसैले, अहिले स्थानीय नेतृत्वले नै किराँत गणतन्त्र सरकारको नेतृत्व गर्छ । तर, स्थानीय नेतृत्वले सधैँभरि नेतृत्व दिन्छ भन्ने मूल मान्यता होइन । र्सवहारा मूल्य-मान्यताअनुसार हरेकबाट नेतृत्व प्रदान हुँदै जान्छ ।
Read Full Discussion Thread for this article