Posted by: lopchanlama June 30, 2006
poem
Login in to Rate this Post:     0       ?        
गीत लोप्चन सलाम सिंह लामा अलिकति जिउन देउ अलिकति पिउन देउ पिडा सबै भुलेर अलिकति जिउन देउ रेत्यो मुटु तिमीले यसरी जिउने अर्को पाटो रहेन साथ छोड्यो तिमीले यसरी हिंड्ने अर्को बाटो रहेन अलिकति झुम्न देउ अलिकति पिउन देउ पिडा सबै भुलेर अलिकति जिउन देउ जलाई दिए तस्वीर बगाई दिए खरानी भिज्ने छैनन अब कहिल्यै हर रात सिरानी अलि कति भुल्न देउ अलिकति पिउन देउ पिडा सबै भुलेर अलिकति जिउन देउ Mobile,Alabama
Read Full Discussion Thread for this article