Posted by: lopchanlama June 29, 2006
poem
Login in to Rate this Post:     0       ?        
नेपाली मन - लोप्चन सलामसिं लामा सात समुद्रपारि संर्घषमय जीवन बिताइरहेछु तर मेरो मन हरपल तिम्रो सुख समृद्धिको कामना चाहन्छ यी मेरा आँखाहरू प्रत्येक नेपालीको आँगनहरूमा शान्तिको किरण झुल्केको हेर्न चाहन्छन् यी मेरा कानहरू शान्तिको धुन गुन्जिएको सुन्न चाहिन्छन् आखिर नेपाली मन त हो जहाँ गए पनि नेपालआमा सदा मुस्कुराएको हेर्न चाहन्छ सारा नेपालीको उत्तर-उत्तर प्रगति होस् यही समृद्धिको कामना चाहन्छ ।
Read Full Discussion Thread for this article