Posted by: parbate June 28, 2006
सांसद यादवको हत्या
Login in to Rate this Post:     0       ?        
सांसद यादवको हत्या सेनाले- छानविन समिति Filed under: News सांसद हेमनारायण यादव हत्याकाण्डको छानविन गर्न गठित संसदीय समितिले यादव हत्यामा सुरक्षाकर्मी नै संलग्न भएको बताएको छ । सिराहमा छानविन पुरा गरी राजधानी र्फकने क्रममा आज विहान समितिका संयोजक सांसद आनन्द प्रसाद ढूंगानाले यादवको हत्यामा सेनाको प्रमूख भूमिका रहेको प्रमाणहरु फेला परेको बताउनुभयो । उहााले छानविनको क्रममा यादवको हत्यामा तत्कालिन सेना प्रमूख र मेजरको संलग्नता भएको तथ्य फेला परेको उल्लेख गर्नुभयो । उनीहरुसाग यस सम्बन्धमा छिट्टै बयान लिने र २ साताभित्र प्रतिवेदन संसदमा बुझाउने संयोजक ढुंगानाले जानकारी दिनुभयो । यादवको हत्याकाण्डको समयमा सिराहास्थित व्यारेकका तत्कालिन इन्द्रध्वज गणका कर्णेल बाबुकृष्ण कार्की र मेजर रामेश्वर प्रधान थिए । http://focus.blogsome.com/2006/06/28/p119/#more-119
Read Full Discussion Thread for this article