Posted by: Jawala June 27, 2006
Prachanda in Kathmandu
Login in to Rate this Post:     0       ?        
मन्त्रीको अनुत्तरदायी अभिव्यक्ति काठमाडौं र्‍याडिसन् होटलमा ११ असारको साँझ मैले देशको राजनीतिक वृत्तमा अहिले भइरहेको छलफल बुभने एउटा अवसर पाएँ । मलाई केही ज्ञान र आश्चर्य भयो । स्थानीय विकासमन्त्री राजेन्द्र पाण्डेसँग केही बहस र केही छलफल गर्ने समय जुरेको थियो । अमेरिकी इन्टरनेसनल भिजिटर्स -इभान्) को कार्यक्रममा प्रमुख अतिथी भएका मन्त्री पाण्डे भाषण गर्दै थिए । उनले सरकार र माओवादीबीच भएका सम्झौताबारे बोलेका थिए । उनका अभिव्यक्ति अनुत्तरदायी र अलिक चिन्ता लाग्ने किसिमका थिए । जनता शान्ति चाहन्छन् । अहिले सबैको चिन्ता कुनै न कुनै किसिमको राजनीतिक सम्झौता होस् र देशले निकास पाओस् भन्ने छ । मन्त्री पाण्डेले त्यत्रो सभामा माओवादी सम्बन्धमा व्यक्त गरेका धारणा भने उत्तरदायीपूर्ण थिएनन् । माओवादीको खुलामञ्चको सभालाई इंगित गर्दै उनले भने- त्यहाँ अमुक माओवादी नेताले भाषण गर्दा 'अब हामी फर्केर आएका छौं' भने । हामी सरकारमा आउँछौं इत्यादि भन्दा माओवादीले जोडदार ताली पिटे । तर भएन भने हामी जंगल जान्छौं भन्दा थोरै तालीमात्रै बजे । पाण्डेको भनाइमा माओवादी अब जंगल फर्केर जाने छैनन् । अर्को उनको भनाइ थियो- दस वर्षसम्म जंगलमा बसेका माओवादीलाई सीधै प्रधानमन्त्री निवास लगेर जलपान गराउने, हेलिकोप्टरमा सवार गराउने, पजेरोमा डुलाउने, अनि कार्यकर्तालाई सीडीओ अफिसमा मोटर चाहियो भनेर मोटर सुविधा दिने, यी सबै कुराको के जरुरत थियो ? उसो भए उनीहरूलाई सबै सुम्पेर हामी गए भइगयो नि ! मन्त्री पाण्डेले एकदम आक्रोसमा आएर शून्यमा प्रश्न गरे- यो सबै गराउँने के जरुरी थियो ? त्यसैगरी विशाल जनआन्दोलनबारे पनि उनका टिप्पणी आपत्तिजनक लागे । जनआन्दोलनमा उत्रेका जनताको जोस र बलिदानलाई अनादर गर्ने स्वरमा उनले भने- जुलुशमा उत्रेका पैंतीस लाख मानिसमा साठी प्रतिशतलाई किन आयौं भन्ने थाहा थिएन । उनको भनाइमा अँध्यारोमा शान्ति खोज्दै जुलुसमा आएका जनता धेरै भीडमात्रै थिए । राजनीतिक दलका नेताहरूले यति छिटै यति अनुत्तरदायी कुरा गर्छन् भन्ने मैले सोचेकी थिइन । सायद जनतालाई थाहा नभएका धेरै कुरा हुनसक्छन् । सायद एमाले र माओवादी नेतृत्व वर्गमा आन्तरिक असहजपना आइसकेको छ । यो कुरा म राजनीतिक विश्लेषक नभएकाले भन्न सक्तिन । एमाले मन्त्री पाण्डेका यस्ता भनाइ सुनेपछि असह्य भएर मैले प्रश्न गरें- अहिले यति धेरै समाधानको बाटोमा देश आइसकेपछि, अंग्रेजी उखानमा भनेभै+m उँट पालमुनि आइसकेपछि, यस्तो भन्नु राजनीतिक कुरा हो र ? तपाईंहरूले यस्ता कुरा अहिले गर्न ढिलो भइसकेन र ? अनि मन्त्रीले अराजनीतिक उत्तर दिए- के गर्नु र पहिले त फुत्केलान् भन्ने डर भयो । सबै कुरा ल ल भनेर दियौं । अब त अडान लिनुपर्छ । मिल्दैन । मैले बुझेअनुसार राजनीतिक दलहरूमा भनाइ र काम गराइमा अन्तर निकै रहेछ । देशमा शान्ति ल्याउँने, माओवादीसँग सम्झौता गर्ने कुरा व्यक्तिगत लाभ र हानी उनीहरूमध्ये कतिले नाप्ने रहेछन् । जनताको विश्वास भनेको के हो ? त्यो कुरा राजनीतिक दलका नेताले बुभmनुपर्ने हो । जनआन्दोलनले जिम्मा दिएको आदेश शान्ति स्थापना र प्रजातन्त्र हो, न कि दलका नेताहरूको अहंको कुरा । माओवादी एक शक्ति भएकाले मन्त्री पाण्डेको पार्टी र अरू पार्टीले गरेको सम्झौता पाण्डेले बिर्सिएकामा आश्चर्य लाग्यो । शक्तिको कुरा र मनगढन्त कुरामा फरक हुन्छ । नेताहरूले बुभmनुपर्ने हो । उत्तरदायी पदमा रहेकाले, जिम्मेवार ठाउँमा बसेका नेताले यत्रा मानिसका भीडमा यसरी बोल्दै हिँड्नुको अर्थ के हुनसक्छ ? मलाई यो घटना अनौठो लागेको छ । त्यसैले यसलाई सार्वजनिक गर्न आवश्यक ठानेर यो लेखेकी हँु । (-लेखक त्रिवि अंग्रेजी केन्द्रीय विभागसँग सम्बद्ध छिन् ।) Source - http://www.kantipuronline.com/kolnepalinews.php?&nid=77921
Read Full Discussion Thread for this article