Posted by: Ghopachee June 26, 2006
Picture of the Week !
Login in to Rate this Post:     0       ?        
भरतकेशर प्रकरणमा दुवै पक्षबीच मिलापत्र
मानार्थ शाही पार्श्ववर्ती भरतकेशर सिंह पक्ष र आङदावा शेर्पाबीच आइतबार जिल्ला प्रहरी कार्यालय हनुमानढोकामा मिलापत्र भएको छ। भरतकेशर सिंह आफैँ उपस्थित नभए पनि उनका दुई छोराहरु हनुमान ढोका पुगी शेर्पासँग माफी माग्दै मिलापत्र गरेका छन्।

मिलापत्रमा भरतकेशर पक्षले मोटरसाइकलको क्षतिपूर्ति र उपचार खर्च व्यहोर्ने उल्लेख छ।

गएको मंगलबार लैनचौरमा भरतकेशर सिंहको गाडीले मोटरसाइकल चालक आङदावा शेर्पालाई ठक्कर दिएपछि दुर्व्यवहार गरेको भन्दै विद्यार्थी र स्थानीय बासिन्दाले प्रतिकार गरेपछि यो प्रकरणले हप्ताभरी ठूलै रुप लिएको थियो।

प्रतिकारका क्रममा भरतकेशर र उहाँका दुई छोरा घाइते हुन पुगेका थिए भने गाडी पनि जलाइएको थियो।

आइतबार जिल्ला प्रहरी कार्यालय, हनुमानढोकामा मिलापत्र गर्न भरतकेशरका छोराहरु र एक कानुन व्यवसायी उपस्थित भएको जानकारी पीडित आङदावा शेर्पाले परेवालाई दिनुभयो।

यसअघि शनिबार सो प्रकरणमा दरबारको आदेशबाट कारबाही गरिएका वडा प्रहरी कार्यालय, दरबारमार्गका प्रहरी निरीक्षक आभुषण तिम्सिनालाई पुनः बहाली गरिएको थियो। www.parewa.com 25 June 2006 (1840 NST)
Source : Parewa.com
Read Full Discussion Thread for this article