Posted by: focus.nepal June 26, 2006
जनसैनिकहरु खेत रोपाइँमा
Login in to Rate this Post:     0       ?        
Filed under: Article जनसेनालाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा व्यापक बहस चलिरहँदा मध्यपश्चिमको दुर्गम जिल्ला रुकुमका माओवादी जनसेना अहिले खेत रोपाइँमा जुटेका छन् । देशमा स्थायी शान्तिका बहाली गर्नका लागि सरकार-माओवादीबीच शान्तिवार्ता चलिरहेका बेला हतियार बिसाएर फुस्रदिला बनेका माओवादीका जनसैनिकहरु अहिले खेत रोपाइँमा जुटेका हुन् । जीउमा माथिल्लोपट्टि टि-सर्ट र तल युद्धका बेला लगाइने कम्ब्याट ड्र ेस नै लगाएर जेठ महिनाको प्रचण्ड गर्मीमा शरीरबाट खलखल्ती निस्किरहेको पसिनाले माटो भिजाउँदै एकोहोरो रुपमा कोदालाले भुइँ फुटालिरहेका माओवादी जनसेनालाई पहिलो पटक झट्ट देख्ने जो सुकैलाई पनि अचम्म लाग्न सक्छ । बाहिरी मात्र होइन खोलीगाउँकै स्थानीय बासिन्दा समेत माओवादी जनसेनाको यो रुप देखी आपुूहरुलाई आश्चर्य लागेको बताउँछन् । http://focus.blogsome.com/2006/06/26/p114/#more-114
Read Full Discussion Thread for this article