Posted by: ss74k June 25, 2006
Royalists Beaten Up in Kathmandu
Login in to Rate this Post:     0       ?        
भरतकेशर समूहले माफी माग्यो जितेन्द्र साह काठमाडौं, असार ११ - मोटरसाइकल ठक्कर र कुटपिटको आरोप लागेका भरतकेशर सिंह परिवारले आइतबार पीडित पक्षसँग माफी माग्दै क्षतिपूर्ति दिएका छन् । लैनचौरस्थित अमृत साइन्स क्याम्पस नजिकै गत मंगलबार मानार्थ शाही पाश्र्ववर्ती एवं विश्व हिन्दु महासंघ अध्यक्ष भरतकेशरले चलाएको कारले मोटरसाइकल चालक आङदाबा शेर्पालाई ठक्कर दिएको थियो । ठक्करपछि उल्टै सिंह, कारमा सवार उनका दुई छोराहरू र बुहारीले गालीगलौज गर्दै शेर्पालाई कुटपिट गरेका थिए । काठमाडौं प्रहरी प्रमुख एसपी ढकबहादुर कार्कीको कार्यकक्षमा लामो छलफलपछि दुवै पक्षबीच सहमति भएको थियो । सहमतिअनुसार दोषी पक्षले तत्काल शेर्पालाई उपचार खर्चबापत ५ हजार रुपैयाँ नगद दिएका थिए । उनीहरूले क्षतिग्रस्त मोटरसाइकलको मर्मतको सम्पूर्ण खर्च बेहोनर्ेे बताएका थिए । घटनामा संलग्न सिंहका माहिला छोरा अभय र कान्छो अनन्त एवं पीडित आङदाबा शेर्पाले मिलापत्रमा समेत हस्ताक्षर गरे । 'फेरि यस्तो घटना नदोहोरिने, एकअर्काको जीउधनमा क्षति नपुर्‍याउने, कतै उजुर/बाजुर नगर्ने, आपसमा वैमनस्यता नराख्ने र एकले अर्कालाई सहयोगी भावनाले हेर्ने' मिलापत्रमा उल्लेख छ । मिलापत्र क्रममा सिंहका जेठा छोरा अमर, एक वकिल एवं शेर्पाका दाइ र भतिज उपस्थित थिए । छानबिन समितिका प्रतिवेदनअनुरूप घटनामा सहयोगी भूमिका निभाउने भरतकेशर र अनन्तकी श्रीमती ज्योति भने उपस्थित भएका थिएनन् । छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा उपचार गराइरहेका भरतकेशरको स्वास्थ्य अवस्था राम्रो नरहेको र बुहारी ज्योतिले दुवै पक्षबीच हुने सहमति आफूलाई स्वीकार्य हुने भन्दै छलफलमा उपस्थित नभएको जनाइएको छ । मुख्य दोषी दाजुभाइले हात मिलाएर शेर्पासँग माफी मागेका थिए । मोटरसाइकल ठक्कर र चालक कुटपिट गरेको अभियोगमा सिंह, उनका छोरा र बुहारीलाई पीडित पक्षका मागबमोजिम कारबाही चलाउन प्रहरी कार्यालयलाई शनिबार छानबिन समितिले निर्देशन दिएको थियो । शेर्पाले सिंह परिवारविरुद्ध बिहीबार प्रहरीमा उजुरी दिएका थिए । साथै हतकडी लगाएको आरोपमा कारबाहीमा परेका दरबारमार्गका प्रहरी निरीक्षक आभूषण तिमिल्सिनालाई समितिले सफाइ दिएको थियो । 'उनीहरूले गल्ती स्वीकार गरी माफी मागे, त्यही नै ठूलो कुरा हो,' सहमतिपछि शेर्पाले भने http://kantipuronline.com/kolnepalinews.php?&nid=77785
Read Full Discussion Thread for this article