Posted by: focus.nepal June 24, 2006
सेनाले बोल्नु आवश्यक छैन- गृहमन्त्री
Login in to Rate this Post:     0       ?        
सेनाले बोल्नु आवश्यक छैन- गृहमन्त्री Filed under: News गृहमन्त्री कृष्णप्रसाद सिटौलाले हतियार व्यवस्थापन गर्ने र माओवादीलाई अन्तरिम सरकारमा ल्याउने प्रक्रिया सँगसँगै अगाडि बढाइने बताउनुएको छ । उहाँले अन्तरिम सरकारमा माओवादीलाई ल्याउँदासम्म दुवै पक्षका सेनालाई निष्कृय पारिने पनि बताउनुभयो । पछिल्लो समयमा माओवादी अध्यक्ष प्रचण्डविरुद्ध आएको नेपाली सेनाको अभिव्यक्तिका बारेमा टिप्पणी गर्दै उहाँले भन्नुभयो-सेनाले बोल्नु आवश्यक छैन । उहाँले माओवादीबाट आएका प्रतिक्रियाको जवाफ सरकारले दिने बताउनुभयो । शान्ति, लोकतन्त्र, समृद्धि , स्वतन्त्र, स्वाधिन, सार्वभौम नेपालको लक्ष्य बोकेर सरकार अगाडि बढिरहेको बताउनुभयो । वार्ता कमिटिका संयोजक समेत रहनुभएका सिटौलाले आज राजधानीमा आयोजित कार्यक्रममा बोल्दै हतियार व्यवस्थापन गर्नेतर्फ गृहकार्य भइरहेको बताउनुभयो । शान्तिवार्ता सेना र हतियार व्यवस्थापन, अन्तरिम संविधान र अन्तरिम सरकार बनाउने दिशातर्फ केन्दि्रत रहेको बताउँदै उहाँले भन्नुभयो-माओवादीको सेनालाई निश्चित स्थानमा केन्दि्रत गर्ने, उनीहरुका हतियार कतै राख्ने वा उनीहरुका सेनालाई कुनै जीम्मेवारी दिएर निष्कृय पार्ने तीन विकल्प खोजिएको छ । हतियार व्यवस्थापनमा सहयोगका लागि संयुक्त राष्ट्रसंघलाई पत्र पठाइने बताउँदै उहाँले राष्ट्रसंघबाट विशेष सहयोग रहनेमा आफूहरु विश्वस्त रहेको बताउनुभयो । उहाँले राष्ट्रसंघबाट अनुगमन शुरु Krishna_sitaula भएलगत्तै माओवादीलाई अन्तरिम सरकारमा ल्याइने बताउनुभयो । उहाँले भन्नुभयो-हतियार व्यवस्थापनको प्रक्रिया शुरु भइसकेको छ । उहाँले आपसी विश्वासको वातावरणमा अन्तरिम सरकार निर्माण गरिने बताउनुभयो । कार्यक्रममा बोल्दै मन्त्री सिटौलाले सरकार माओवादीबीच राजनीतिक एजेण्डामा समाधान आइसकेको र त्यसलाई जनस्तरसम्म पुर्‍याउने चुनौती मात्र बाँकी रहेको बताउनुभयो । ऐतिहासिक राजनीतिक उपलब्धि पछि निर्माण भएको दीगो शान्ति स्थापनातर्फको वातावरणलाई गाउँस्तरसम्म पुर्‍याउन नयाँ चेतना जागृत गर्नुपर्ने आवश्यकतालाई महशुश गर्दै अगाडि बढ्नुपर्नेमा उहाँको जोड थियो । उहाँले जनस्तरमा समझदारीपछि पनि समस्याहरु कायमै रहे
Read Full Discussion Thread for this article