Posted by: focus.nepal June 23, 2006
वार्तामा प्रचण्डले
Login in to Rate this Post:     0       ?        
June 23, 2006 वार्तामा प्रचण्डले नै जनमुक्ति सेनाको संख्या घोषणा गर्नुहुनेछ- प्रभाकर Filed under: Interview मेरो नाम जनार्दन शर्मा हो । म २०२० सालमा रुकुममा जन्मेको हुँ । मेरो जन्म निम्नबर्गको किसान परिवारमा भएको हो । मैले २०४६ सालमा बिवाह गरेको हु । प्रेम बिवाह नै हो । तर बिवाह गरेर प्रेम गरेको हो । अरु कसैसित प्रेम भएन । हाम्रो आन्दोलनमा कसैलाई मन पाराउने वा लभ लेटर लेख्ने परम्परा हुदैन । आफ्नो कामरेडलाई मन पराउने कुरा स्वतः हुन्छ । प्रेम पत्र लेख्ने संस्कार हामीमा हुदैन । हामी अलग सस्कारमा छौं । यौनप्रति मानविय आवश्यकता हो । तर यो शिष्ट मर्यादित हुनुपर्छ । शिक्षा बि एड पास गरेको छु । त्रिभुवन बिश्वबिद्यालयमा पढन गएको छु । जनयुद्ध अघि भूमिगत भएँ । अहिले समयको मागामाग र चापाचापमा बितेको छ जीवन । यस्तो खतरनाक मोर्चा रहेछ यो, नभेटौ पनि नहुने भेटौ पनि समयले नपुग्ने अवस्थामा अहिले दिन बितिरहेको छ । भूमिगत अवस्थामा पार्टीको योजना, काम कारवाही, युद्ध फौजी निर्माण, परिचालन घाइतेको उपचार, एकीकृत केन्द्रीय कमाण्ड परचिालन लगायतका काम गर्दै बित्यो । तपाईले जनसभामा सेना र प्रहरीले पनि शान्ति चाहेको उल्लेख गर्नुभयो । भेटघाट गर्दा त्यस्तो पाउनुभयो कि अनुहार हेर्दा ? (..!more..) from- http://focus.blogsome.com/2006/06/23/p107/
Read Full Discussion Thread for this article