Posted by: Mirmiray June 21, 2006
Royalists Beaten Up in Kathmandu
Login in to Rate this Post:     0       ?        
मोटरसाईकललाई गाडीले ठक्‍कर दिनु वा the other way around हुनसक्‍छ विभन्‍न कारणले। गाडीमा सवार व्‍यक्‍तिले मोटरसाईकल चालकलाई गालीगलौज र कुटपीट गर्नु के कानुन आफ्‍नो हातमा लिनु र सोझै जनताको आक्रोश निम्‍त्‍याऊनु होईन र? भरतकेशर र पुत्रहरु कानुन मान्‍ने भए मोवाएल वाट तुरन्‍त प्रहरीलाइ रिपोर्ट गरे त भईहाल्‍थ्‍यो। हैकमी शासन चलाऊनेहरुले वर्रवादै पार्‍यो नेपाललाई। देशभित्रै दुईवटा नेपाल चिरेर जनतादेखिको अर्को नेपालमा वस्‍नेहरुले सखाप पारे नेपाललाई। यो भन्‍नपर्दा दुख लाग्‍छ कि त्‍यस्‍तालाई सख्‍तभन्‍दा सख्‍त सजाय हुनपर्छ, तर नेपालीको विडम्‍वना के भने न्‍यायपालिका पनि सामन्‍तीहरुकै इशारामा र सेवामा मस्‍त छन। यतिविध्‍न नेपाली द्वन्‍दमा परेर ज्‍युधन गुमाउन परिरहेको वेला र आन्‍दोलन ताका निरकूँश शासनले ज्‍यादती गरेको वेला कहाँ थिए न्‍यायपालिका? सर्वोच्‍च त सर्व निच रुप धारण गरेर राजाको भजन सुन्‍नमा मस्‍त। अहिले आएर घुसखोरी र निरकुश शासनका मतियारहरुलाई छोडाउन ब्‍यस्‍त छन। जन अदालत खडा गरेर यस्‍तालाई न्‍याय दिनपर्छ। कुनै पनि निष्‍पक्ष सर्वेक्षण गरिए बहुसख्‍यँक नेपाली ओइरिएर भरतकेशरले पाउनुपर्ने सजायमा कसैले दुख मान्‍ने छैनन। हो जनताले कुटन नपर्ने, तर यो शुरु गर्नेले नै यसको भार वोकनै पर्छ। My two suka worth..
Read Full Discussion Thread for this article