Posted by: focus.nepal June 21, 2006
यो त अति नै गरेको भएन र??
Login in to Rate this Post:     0       ?        
हिप्पीहरूको हैरानी "ओ मिस्टर नो किसिङ्, वन्ली टकिङ्," एकाइका प्रहरी जवानले संयोजन नमिलेको यो अङ्ग्रेजी वाक्यमा हप्काएपछि केहीबेरका लागि चाइफा डेभिड र क्यारोलिना वाल्कर गम्बोवा एकअर्कासँग नछोइएरै बस्छन् । Hipi Jodi तर, उनीहरू दुवैको मुहारमा असन्तुष्टिको भाव भने स्पष्ट देख्न सकिन्छ । १९ जेठ ०६३ मा नौ सय ग्राम चरेससहित थाइल्यान्ड जान लाग्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ परेका यी दुई इटालियन हिप्पी जोडीलाई अहिले प्रहरी हिरासत जीवनकै सबैभन्दा कष्टकर क्षणमा परविर्तन भएको छ । प्रहरीको व्यवस्थापकीय प्रावधानअनुरूप दिनभर हिरासतमा सँगै राखे पनि राती भने दुवैलाई अलगअलग राखिन्छ । "हामी प्रेमी-प्रेमिकालाई सँगै सुत्न पनि नदिने यो कस्तो कानुन हो नेपालको ?" २९ वषर्ीय डेभिड त यदाकदा मुख फोरहिाल्छन् । प्रहरीको आँखा छल्न पायो कि अँगालोमा बेरनिे मात्र होइन, मुखसमेत जोडिहाल्ने यी दुईबाट एकाइका प्रहरीहरू पनि कम्ता आजित छैनन् । झन् यी दुईको कर्तुत त सबैलाई आश्चर्यचकित पार्ने खालको छ । नाक, कान, आँखीभौँ र शरीरभर िगरेर झन्डै ८० वटा मुन्द्री लगाएकी २३ वर्षे गोरी ठिटी गम्बोवाले सो परमिाणको चरेस निल्ने मात्र होइन, कन्डममा 'प्याकिङ्' गरेर आफ्नो यौनाङ्गको भित्री भागमा समेत लुकाएर प्रहरीलाई छल्न खोजेकी थिइन्, -हेर्नुस्, तस्बिर) Condom Drug । उता काठमाडौँ जिप्रकाको प्रहरी टोलीद्वारा तीन किलो ३० ग्राम चरेससहित १५ जेठमा सुन्धाराबाट पक्राउ परेका दुई रसियन हिप्पी रोमन फाटिजेन र लारमिले हनुमानढोकामा उपद्रो मच्चाएका छन् । हिरासतमा रहेका अन्य बन्दीमाथि हातपात गर्ने, प्रहरी अधिकृतहरूसँग अभद्र व्यवहार गर्ने, अपशब्द बोल्ने गरेकाले केही दिन दुवैलाई हिरासतभित्र पनि हत्कडी लगाएर राखिएको डीएसपी शरद ओली बताउँछन् ।
Read Full Discussion Thread for this article