Posted by: Jawala June 20, 2006
Prachanda in Kathmandu
Login in to Rate this Post:     0       ?        
ँबरु, बुर्जुवा प्रजातन्त्रवादीहरूसँग एकता हुन्छ’ "भोलि हुने शिखर वार्ताले तपाइर्ंले मसँग व्यक्त गर्नुभएका यी विचारहरूलाई असान्दर्भिक त तुल्याउने होइनन् ?" अन्तर्वार्ताको अन्त्यमा अन्तर्वार्ताकारको प्रश्नको जवाफ दिँदै नेपाल कम्युनिस्ट पार्टी माओवादीका अध्यक्ष प्रचण्डले भन्नुभयो, "होइन, त्यस्तो हुनै सक्दैन । " भोलिको वार्ताले -संविधानसभाका) प्रक्रियाहरूलाई अघि बढाउने मात्र हो । बीचैमा डा बाबुराम भट्टराईले थप्नुभयो, "त्यस्तो केही भए संशोधन गरौँला नि !" तर, त्यस्तो संशोधनको कुनै समस्या आएन । वार्तापछिको पत्रकार सम्मेलनमा प्रचण्डले सङ्केतमा धेरै कुरा बताउनुभयो र पनि केही कुरा बताउनुभएन । जनआन्दोलनपछिका दिनहरूमा प्रचण्ड लगातार सञ्चारमाध्यमहरूको ँलाइट हाउस’ को उज्यालोमा डुब्नुभएको छ । सबैले कुनै न कुनै रूपले उहाँका विचारका अंशहरूलाई समेट्ने प्रयास गरेका छन् । कुनैबेला प्रचण्डको अन्तर्वार्ता पत्रकारहरूका लागि दुर्लभ प्राप्ति हुन्थ्यो, अहिले सहज भएको छ । यही सहज वातावरणमा असार १ गते बिहान पोखरामा नेपाल का सम्पादक किशोर नेपाल ले प्रचण्डसँग दुई घण्टा लामो वार्ता गर्नुभयो । वार्तामा प्रचण्डले पछिल्लो समयमा स्वर्गवासी राजा वीरेन्द्रसँग माओवादीको विकसित हँुदै गएको सम्बन्ध, सात दलसँगको समझदार ीको पृष्ठभूमि, नेपाली वामपन्थीहरूबीचको एकता र अन्य विषयहरूमा आफ्ना धारणाहरू स्पष्ट ढङ्गले राख्नुभयो । प्रस्तुत छ, अन्तर्वार्ताको विवरण ः तपाईंलाई कुन नामले सम्बोधन गर्ने ? अध्यक्ष, प्रचण्ड अथवा पुष्पकमल दाहाल ? मलाई अध्यक्ष र प्रचण्ड सम्बोधन नै ठीक छ भन्ने लाग्छ । पुष्पकमल दाहाल नामले एउटा निश्चित संस्कृतिलाई व्यक्त गर्छ । प्रचण्ड भन्ने नामले समग्र देशलाई स्वतन्त्रतापूर्वक अघि बढाउने भावना र विचारको प्रतिनिधित्व गर्छ । मलाई पुष्पकमलभन्दा प्रचण्ड नाम नै बढी मन पर्छ । त्यसैले म चाहन्छु, मलाई सबै साथीभाइहरू र नेपाली जनताले प्रचण्डकै रूपमा चिनून् । राजनीतिक रूपले तपाईं अझै कमल अथवा नरम हुने बेला भइसकेको छैन भन्न खोज्नुभएको हो ? शब्दार्थको हिसाबले होइन । शब्दार्थको हिसाबले मलाई एक जना भारतीय बुद्धिजीवीले भन्नुभएको थियो, तपाइर्ंको नाम पुष्पकमल नै यति राम्रो छ । किन हुनुपर्‍यो प्रचण्ड ? तर, शब्दार्थको कुरा होइन । प्रचण्ड साधारण नाम हो । पुष्पकमल व्यक्तिगत नाम हो । म साधारण बन्न चाहन्छु । तपाईंको नामले अहिले राजनीतिक क्षेत्रमा निकै ठूलो हलचल ल्याएको छ । तपाइर्ं निर्विकार ढङ्गले २५ वर्षदेखि लगातार भूमिगत हुनुभयो । अहिले भूमिगत जीवन छोडेर सार्वजनिक जीवनमा आउनुभएको छ । कस्तो अनुभव भइरहेको छ ? भूमिगत जीवनमा जानुअगाडि मेरो एउटा जीवन थियो । म हाइस्कुलमा विज्ञान पढाउँथँे । म राजनीति पनि गर्थें । म पार्टीको सदस्य पनि थिएँ । पार्टी राजनीति पनि गथेर्ं म । हामीले २०३८ सालको पञ्चायती चुनाव बहिष्कार गर्‍याँै । त्यसपछि म पूर्णरूपले भूमिगत भएको हुँ । ०४६ सालको जनआन्दोलनपछि करबिकरबि अहिलेको जस्तै अवस्था थियो । सञ्चारमाध्यमसँग म खुला थिएँ र पूरै भूमिगत भएको अवस्था थिएन । जनयुद्ध सुरु गरेपछि नितान्त नयाँ प्रक्रियाको प्रारम्भ भयो । अहिले मलाई फेर िकताकता ०४६ सालको जस्तो स्थितिमा आइपुगेको लागेको छ । तपाईं अहिले मुलुकमा सर्वाधिक शक्तिशाली राजनेताका रूपमा देखा पर्नुभएको छ । तपाईंलाई एकैपटक जनताका सामु प्रकट भएर केही भनाँै, आफ्ना धारणाहरू राखौँ जस्तो लाग्दैन ? लाग्छ । लागिराखेको पनि छ । मैले केही दिनअगाडि यो कुरा सार्वजनिक पनि गरेको थिएँ । बितेका २५ वर्षदेखि एउटा प्रक्रियामा जाँदाका सम्पूर्ण भावहरू जनतामा बिसाउने । ती सबै अनुभूतिहरू एकैचोटि जनताका सामु राख्ने मेरो इच्छा छ । मुख्यतः जनयुद्धका १० वर्षका अनुभव र अनुभूतिहरू जनताका सामु एकैसाथ भन्न मन लागिराखेको छ मलाई । एक-दुईवटा स-साना सभाहरूमा मैले भन्ने कोसिस पनि गररिाखेको छु । ठूलो सभामा आउने साइत जुरेको छैन ? अहिलेसम्मको सङ्केत हेर्दा जुर्छ जस्तै लागेको छ । स्थिति बन्नुपर्ने हो ।
Read Full Discussion Thread for this article