Posted by: sajhabusaima June 19, 2006
What will be the next episode or step of maoist?
Login in to Rate this Post:     0       ?        
माओवादी नेता जिविस सभापति! सोमबार, १९ जुन २००६ ०८:१६ सातदल र सरकारसँग आफुले गरेको सहमति विपरित नेकपा माओवादीले 'संयुक्त क्रान्तिकारी जनपरिषद' पर्वतका उपप्रमुख विष्णु लामिछाने जबरजस्ती पर्वत जिल्ला विकास समितको कार्यवाहक सभापति घोषणा गरेको छ। स्वघोषित सभापति लामिछानेले पदभार ग्रहण गर्दै जातिय, वर्गिय, लैंङ्गीक र क्षेत्रिय हिसावले समानुपातिक प्रतिनिधित्व अनुरुप काम गर्ने बताए। माओवादीले जिल्ला विकास समितिको मुल गेटमा जनपरिषदको झण्डा पनि गाडेको छ। घोषणा सभालाई सम्वोधन गर्दै माओवादी जिल्ला सेक्रेटरी सरोजले 'जनताको सामुहिक भावनालाई वेवास्ता गरि दलहरुले वजेटलाई हिनामिना गरेकोले जिविसको जिम्मा आफैले लिनुपरेको' वताए। सरोजलेे जिविस कर्मचारीहरुलाई लामिछानेको निर्देशनमा काम गर्न निर्देशन दिए। माओवादी नेताहरुले प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमा परिचयात्मक कार्यक्रम गरी आफुहरुसंग समन्वय गरेर मात्र काम गर्न प्रजिअलाई निर्देशन दिएको त्यहाँबाट पत्रका त्रिभुवन पौडेलले जनाएका छन्। माओवादीको उक्त कार्यको विरोध जनाउँदै नेका पर्वतका कार्यवाहक सभापति लालकाजी गुरुङले निरंकुशताको विरुद्धमा लड्ने ७ राजनैतिक दलको विरुद्धमा माओवादीद्वारा गरिएको उक्त कार्यले संविधान सभाको निर्वाचनमा वाधा पुग्ने बताएका छन्। उनले सातदलसँगको समझदारी अनुसार काम गर्न माओवादीलाई आग्रह गरेका छन्। सरकारले स्थानिय निकाय रिक्त भएकोले अर्को व्यवस्था नहुन्जेल काम गर्न कर्मचारीलाई अधिकार दिएको छ। ref: http://www.himalkhabar.com/version2/front/morenews.php?id=955
Read Full Discussion Thread for this article