Posted by: focus.nepal June 18, 2006
राजा र माओवादीभन्दा नेतासँग डर
Login in to Rate this Post:     0       ?        
June 18, 2006 राजा र माओवादीभन्दा नेतासँग डर Filed under: News सावित्री घिमिरे काठमाडौं, असार ४/ नेकपा एमाले स्थायी कमिटी सदस्य बामदेव गौतमले प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला अत्यन्तै गैरजिम्मेवार भएको आरोप लगाउनुभयो । कोइरालाले सेरेमोनियल किङको भनाइ राखेकोमा नेता गौतमले आपत्ति जनाउनुभयो । ‘परिवर्तनको प्रमुख बाधक राजतन्त्र भएकोले नेपालबाट राजतन्त्र समाप्त हुनर्ैपर्छ’- उहाँले भन्नुभयो- ‘राजतन्त्र जोगाउन प्रयास गर्ने जोसुकै पनि जनताको नजरमा अपराधी हो ।’भावी नेपालको पुनःसंरचना र पुनर्निर्माणको बारेमा २ दिनको बृहद छलफलको समापन कार्यक्रममा बोल्दै नेपाली काग्रेस प्रजातान्त्रिकका नेता प्रदीप गिरीले जनता माओवादी र राजासँग डराउनुभन्दा पनि नेताहरुसँग डराउनुपर्ने बताउनुभयो । उहाँले नेताहरुलाई तह लगाउन जनतालाई आग्रह समेत गर्नुभयो । नेकपा माओवादीका वार्ता टोली सदस्य दिनानाथ शर्माले संसदमा र्सार्वभौमसत्ता राख्ने सोच जनताप्रति अपमान गरेको ठहरिने बताउनुभयो । उहाँले माओवादी जनताको सेना भएकोले माओवादीका सेना जनतालाई हस्तान्तरण गर्न आफ्नो पार्टर्ीीयार रहेको जानकारी दिनुभयो । नेपाली कांग्रेसले ११ औ महाधिवेशनमा आफ्नो बिधानबाट राजतन्त्र निकालिसकेको नेपाली कांग्रेसका महामन्त्री रामचन्द्र पौडेलले प्रष्ट पार्नुभएको छ । उहाँले राजालाई किनारामा पुर्‍याइसकेको बताउँदै जनचाहना विपरित कांगेस कहिल्यै नजाने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो . साहित्यकार खगेन्द्र संग्रौलाले राजतन्त्र फाल्नैपर्नेमा जोड दिनुभयो । त्यस्तै विद्यार्थी नेता गगन थापाले राजतन्त्रलाई फाली सवै वर्गलाई समेटेर भावी नेपालको संरचना फर्ेर्नैपर्ने बताउनुभयो । विद्यार्थी नेतृ रामकुमारी झाँक्रीले भावी नेपालको निर्माण गर्न प्रत्येक नागरिकको भावना वुझ्नर्ुपर्ने बताउनुभयो । राजधानीमा शनिवारदेखि शुरु भएको ‘भावी नेपाल नागरिकको पहल २’ कार्यक्रमअर्न्तर्गत आइतवार चार विषयमा समानान्तर कार्याशाला भएको थियो । कार्यशालाहरु ‘लोकतान्त्रिक गणतन्त्र नेपालको Readmore....सबैलेखयहाँ न अटेकोले पुरा लेख पढनु को लागि यहाँ क्लिक गर्नुहोस। Source - http://focus.blogsome.com/2006/06/18/p79/#more-79
Read Full Discussion Thread for this article