Posted by: focus.nepal June 17, 2006
नेपालीहरूले यो देशमा - अध्यक्ष प्रचण्ड
Login in to Rate this Post:     0       ?        
आस्थाका बन्दीलाई पटनामा दूव्र्यवहार Filed under: News वीरगाज जेठ ३१/भारत विहार राज्यको बक्सर सेन्टर जेल यतिबेला यातना गृहको क्रुरतम स्थान मानिन्छ । यो जेलको कालकोठरीमा अहिले नेकपामाओवादी का १८ जना आस्थाका बन्दीहरुलाई अत्यन्तै क्रुर र जंगली व्यवहारका साथ राखिएको छ । अहिले बिहारमा ४४ डिग्रीभन्दा माथिको तापक्रम छ । यस्तो गर्मीमा जेलभित्र विजुली पानीको उचित व्यवस्था छैन । त्यहाँ रहेका प्रायः सबै आस्थाका नेपाली बन्दीहरु विरामी भएका छन् । तर उपचारको कुनै व्यवस्था छैन । केही दिन अगाडि मधुवनी र दरभंगा जेलबाट सरुवा गरेर त्यहाँ लगिएका घाइतेहरुको अवस्था अत्यन्त चिन्ताजनक रहेको आस्थाका बन्दीहरुले जनाएका छन् । एक घाइते बन्दीलाई मुखमा भएका गम्भीर समस्याका कारण घाँटीको नलीबाट भातको माड पिलाएर सासमात्र अल्झाइएको बन्दीहरुले बताए । उपचारको लागि भारत जान लाग्दा पक्राउ परेका बन्दीहरुको उपचार नभएपछि केहीको हातखुट्टा नचल्ने अवस्था छ । विहार प्रहरीले बन्दीहरुल्ााई भेटघाट गर्न पनि राम्रोसँग दिइराखेको छैन । १५ दिनमा एकपटक एक घन्टा परिवारका सदस्यहरुलाई मात्र भेटघाट गर्न दिने भने पनि भेटघाटमा अवरोध गर्ने गरेको छ । भेटघाटको क्रममा बन्दीहरुलाई्र आवश्यक पर्ने सामान औषधी लत्ताकपडा समेत बाहिरबाट लान नदिने गरेको बन्दीका आफन्तहरु बताउँछन् । दिइहाले पनि उनीहरुलाई लगिदिएको सामान पैसा जेल प्रशासनले नै कब्जा गरेर राख्ने गरेको खुल्न आएको छ । भारतको प्रहरी र सरकारका यस्ता क्रुरतापूर्ण जंगली कार्यकाविरुद्ध आस्थाका बन्दीहरुले अहिले अनसनलगायत संघर्षका कार्यक्रम गरिरहेका छन् । source - Focus.blogsome.com
Read Full Discussion Thread for this article