Posted by: focus.nepal June 17, 2006
नेपालीहरूले यो देशमा - अध्यक्ष प्रचण्ड
Login in to Rate this Post:     0       ?        
आज जुन परिवेश, स्थान र ढंगले यो पत्रकार सम्मेलन भइरहेको छ, मलाई पहिलो र गम्भीर अनुभूति के भएको छ भने हाम्रो वर्तमान राज्य कति अव्यवस्थित छ भन्ने कुराको सायद यो प्रमाण पनि हो । यो राज्यको पुनर्संरचना कति धेरै आवश्यक छ भने हामीले रातको अँध्यारोमा बिजुली पनि नभई यस किसिमको पत्रकार सम्मेलन गर्नुपर्ने बाध्यताले हाम्रो राज्यको निरिहतालाई राम्रोसँग प्रमाणित गरेको अनुभूति मलाई भएको छ । दोस्रो मलाई कस्तो महसुस भएको छ भने हामी नेपालीहरू कति दुःख, कष्ट र अप्ठ्यारो खप्न सक्छौं । जति अप्ठ्यारोमा पनि हाम्रो उद्देश्यप्रति कति दृढ छौं भन्ने कुराको पनि यो पत्रकार सम्मेलनलाई प्रमाण ठानेको छु मित्रहरू । तर, यस स्थितिमा पनि गम्भीरता, लगन र निष्ठाका साथ देश, शान्ति र प्रगतिप्रति हामी यो कष्ट झेल्न तयार छौं । नेपाल र नेपाली जनता महान छन् भन्ने कुराको प्रमाण पनि यही पत्रकार सम्मेलनमा देखेको छु मित्रहरू । मलाई लागेको थियो, जति बेला म तपाईंहरूको अगाडि सार्वजनिक हुनेछु, त्यतिबेला योजनाबद्ध ढंगले धेरै विषयहरू तपाईंहरू समक्ष राख्नेछु । तर यो परिवेशमा भयो । फेरि पनि मैले गौरव नै महसुस गरेको छु । आज नेपाली जनक्रान्तिको इतिहासमा नेपाली जनताको शान्ति र अग्रगमनको आकांक्षाका पृष्ठभूमिमा हामीले जुन निर्णय भर्खरै गर्‍यांै, यो पत्रकार सम्मेलन आफैंमा ऐतिहासिक सम्मेलन हो । यहाँ आउँदा हामीले के महसुस गर्दै आएका थियौं भने हामीले नेपाली इतिहासमा नयाँ ढंगले प्रयोग गर्दैछौं । सायद ।More....सबैलेख यहाँ न अटेकोले पुरा लेख पढनु को लागि यहाँ क्लिक गर्नुहोस।
Read Full Discussion Thread for this article