Posted by: s.sigdel June 16, 2006
Prachanda in the PM Resident (BaluwTar)
Login in to Rate this Post:     0       ?        
प्रधानमन्त्री निवासमा प्रचण्ड, भट्टराइ र कोइरालाबीच वार्ता जारी (UPDATING....) एफएन न्युज सम्वाददाता काठमाडौ १६ जुन २००६ । सरकार र माओवादीका शिर्ष नेताहरुबीच शिखर वार्ता प्रधानमन्त्री निवास बालुवाटारमा ११ बजेसम्म पनि जारी रहेको छ। माओवादी अध्यक्ष प्रचण्ड र नेता बाबुराम भट्टराइ पोखराबाट आज बिहान एयर डाइनेस्टीको हेलिकोप्टरमा काठमाडौ आउनु भएको हो । यो समाचार लेख्दा प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला, माओवादी अध्यक्ष प्रचण्ड र बाबुराम भट्टराइबीच प्रधानमन्त्री निवासमा वार्ता भइरहेको बताइएको छ। आजै दिउँसो सात दल र माओवादीका शिर्ष नेताहरुबीच वार्ता हुने कार्यक्रम रहेको छ। गृहमन्त्री कृष्णप्रसाद सिटौला आज बिहानै पोखरा पुगेर माओवादीका शिर्ष नेताहरुलाई ल्याउनुभएको हो । माओवादी नेताहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गृहमन्त्रीकै गाडीमा बालुवाटार छिर्नु भएको थियो । प्रधानमन्त्री निवास बालुवाटारमा सरकार माओवादी वार्ता टोलीका साथै कांग्रेस उपसभापति सुशिल कोइराला र बरिष्ठ अधिवक्ता सिन्धुनाथ प्याकुरेल पनि छिर्नु भएको छ। वार्तास्थालबाछ एफएन न्युज सम्वाददाताले जनाएअनुसार ११ बजेसम्म भित्रबाट संचारकर्मीहरुलाई बाहिर कुनै जानकारी दिइएको छैन । प्रधानमन्त्री निवासमा केही माओवादी कार्यकर्तासमेत छिरेका छन् । प्रधानमन्त्री कार्यालय छिर्नुअघि प्रचण्ड र डा. बाबुराम भट्टराईले प्रेसलाई कुनै प्रतिक्रिया भने दिएनन् । अहिले वार्तास्थल बारिह सैयौ देशविदेशका पत्रकार रहेका छन् । एफएन न्युज सम्वाददाताकाअनुसार आजै दिउँसो सात दलका शिर्ष नेताहरुसँग शिखर वार्ता हुने बुझिएको छ। स्रोतहरुले दिएको जानकारीअनुसार करिब १२ बजेबाट औपचारिक वार्ता सुरु हुने बताइएको छ। आजको वार्तामा अन्तरिम विधान निर्माण र अन्तरिम सरकारका बारेमा छलफल गर्ने बुझिएको छ। सरकार र माओवादीबीच हिजो भएको दोस्रो चरणको वार्तामा शिखर वार्ता गर्ने निर्णय गर्दै डा. देवेन्द्रराज पाण्डेको संयोजकत्वमा ३१ सदस्यीय युद्धविराम आचारसंहिता राष्ट्रिय अनुगमन समिति बनाउने लगायतको निर्णय गरेको थियो । ताजा समाचारका लागि एफएन न्युज हेर्दै गर्नुहोला
Read Full Discussion Thread for this article