Posted by: dumer_bhansar June 14, 2006
8 Nepalese Shot Dead in J&K; WHY NO GOVT. CONDEMNATION?
Login in to Rate this Post:     0       ?        
More news about 8 Nepali who were killed in Kashmir. कस्मिरमा मारिने आठ जना मोरङका, सोकमा डुब्यो मुसहरी टोल कस्मिरमा सोमबार कस्मिरी विद्रहीद्वारा हत्या गरिएका आठ जना नै मोरङ गोविन्दपुर-१ मुसहरी टोलका बासिन्दा भएको थाहा भएको छ। दैनिक मजदूरीका लागि उनीहरु गत चैतमा कस्मिर गएका थिए। हत्यामा मारिनेहरुमा रविलाल ताजपुरीया, सानो ढल्लु, रामु ऋषीदेव, ठुलो ढल्लु, चिकु ऋषीदेव, कात्तिक चन्द ऋषीदेव, दिना केवट, विलास ऋषीदेव रहेका छन्। राम, ठुलो, सानो र विलाष परिवारका एकमात्र पुत्र हुन्। हत्यापछि चारै परिवार पुत्रविहीन बन्न पुगेका छन्। बक्राहा खोलाको बाँधमा झुप्रामा बनाएर बसोबास गर्दै आएका आदिबासी ऋषिदेवहरुको गाउँ आफन्तजनको हत्यापछि शोकमा डुबेको छ। विद्रोहीहरुले सोमबार हत्या गरे पनि परिवारजनले भने बुधबार मात्र थाहा पाएका थिए । प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई दुई पटकसम्म निर्वाचित गरेर पठाएका गाउँलेहरुलाई उनीहरुका आफन्तजनको खोजीमा सरकारले के गर्दैछ भन्ने बारे केही जानकारी छैन। दैनिक ज्यालादारीमा कमाई गरेर पेट गुजार्दै आएका परिवारहरु कमाउने कमाउने मान्छेको हत्यापछि बिचल्लीमा परेका छन्। हत्या गरेकाहरुको शव कस्मिरको पुलगामा थानामा राखिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्। www.parewa.com (14 June, 2006, 16:15 NST)
Read Full Discussion Thread for this article