Posted by: Gautam B. June 14, 2006
The most loyal royalist!
Login in to Rate this Post:     0       ?        
नेपाली कांग्रेसले जति दरबार र राजाहरुबाट धोका शायदै अरु कसैले पाएका होलान्। राणाहरुको लात खाई खाई आत्महत्या गर्ने स्थितिमा पुगेको नेपाली राजतन्त्रलाई ०७ सालमा फेरि अधिकार सम्पन्न बनाएको काँग्रेसले त्यसको भोलिपल्टबाटै दरबारको लात खान थालेको हो। ५५ वर्षसम्म अनवरत लात खाएर पनि कांग्रेस र विशेष गरी यसको संस्थापन पक्षको चेत जस्ताको तस्तै रहेछ भन्ने कुराको प्रमाण फेरि एक पटक गिरिजाले दिएका छन्। कांग्रेसले 'सेरेमोनियल' राजालाई राख्ने रे! भर्खरै मात्र शाही सत्ताले मारेका शहीदहरुको रगतमा कुल्चेर कुर्सीमा पुगेकाहरु कति सजिलै जनतालाई बिर्सन सक्दा रहेछन्?! जनताले राजै नराख्लान् अथवा कस्तो राजा राख्लान्, यो त समयलेनै बताउला, तर मैले बुझ्न नसकेको कुरो भने, किन नेपाली कांग्रेस राजतन्त्रको धङधङेबाट मुक्त हुन नसकेको? किन जति लात खाएपनि सामन्ती लाशलाई काँधमा राखेर हिँड्न छाड्दैन? के काँग्रेसको संस्थापन पक्ष आफूलाई नेपाली सामन्ती अभिजात वर्गकै एक हिस्सा ठान्छ र राजतन्त्रको उन्मूलन भयो भने आफू पनि अस्तित्वविहिन हुने डर छ यस्लाई? के जनताले लडेको यत्रो लडाईँ, गरेको यत्रो बलिदान सामन्ती अभिजात वर्गको एक हिस्साको लागि थियो? यस्तो लाग्छ बरु पशरा, सुबथा, लोबच आदि पञ्चेहरु समयको आवाज बुझेर गणतन्त्रवादी बन्लान् तर सबैभन्दा कट्टर राजावादी त बाँकी नै रहनेछन्- गिरिजा र काँग्रेसको संस्थापन पक्ष! "सामन्तहरु, अभिजातहरु (आफूलाई ठान्नेहरु) नडराउ! कांग्रेसको घाँटी तिमीहरुसंगै जोडिएको छ!" तर यहि बाटोमा हिँडे नेका अर्को प्रजापरिषद अथवा त्यो भन्दा पनि तलको स्तरमा पुग्ने कुराको हेक्का किन राख्दैन नेकाको संस्थापन पक्ष? तलको धागोमा पढ्नुहोला- - http://www.kantipuronline.com/kolnews.php?&nid=76587
Read Full Discussion Thread for this article