Posted by: focus.nepal June 13, 2006
IS IT TRUE? NEPALI DAWOOD ?
Login in to Rate this Post:     0       ?        
मेरो समूहको नाम स्पाइडर ग्रुप हो । म नेपालबाहिर छु र यहीँबाटमेरो समूह संचालन गर्छर् ।मेरो समूहमा १९ जना छन् उनीहरूले एक-अर्का लाई चिन्दैनन् । सेना, प्रहरी र माओ वादी छाडेकाहरूलाई मिलाएर मैले आफ्नो समूह बनाएको छु । मेरा समूहका दर्ुइजना सदस्य दिल्लीमा पनि छन् ।पैसा असुल्छु, तर लागूऔषध, चेलीबेटी बेचबिखन र लुटपाटको काममा म कहिले लाग्दिनँ । एउटा नर्सिङ होममा पैसा असुल्न जाँदा भर्खरै मेरो एकजना भाइ समातिएको छ ।more .... http://focus.blogsome.com काठमाडौं मेडिकल कलेजका अध्यक्ष तथा वरिष्ठ बालरोग विशेषज्ञ डा. हेमांग दीक्षितमाथि वैशाख २१ गते बानेश्वर हाइटमा गोली प्रहार गर्न े गिरोह आफ्नो नेतृत्वको भएको मिलन लामा ‘पासाङ’ नामका व्यक्तिले दाबी गरेका छन् । ‘नो नम्बर’ सम्भवतः विदेश)बाट समयसँग टेलिफोनमा कुरार्गर्दै उनले मोटो रकम असुल्ने उद्देश्यले उक्त गोली काण्ड गराएको बताए । प्रहरीले पनि ‘स्पाइडर गु्रप’ नामको आपराधिक समूहको उक्त घटनामा संलग्नता पाइएको बताएको छ र त्यसका नाइके सन्दीप पाठक वा मिलन लामा भएको आशंका गरेको छ । उपत्यका अपराध अनुसन्धान शाखाका प्रमुख प्रहरी उपरीक्षक केशव अधिकारी अनुसन्धानको निष्कर्षतत्काल र्सार्वजनिक गर्दा अपराधी चनाखो हुने उल्लेखर्गर्दै भन्छन्, ‘सन्दीप पाठक वा मिलन लामाको विषयमा हामीलाई केही जानकारी प्राप्त भएको छ तर त्यसबारे सम्पर्ूण्ा तथ्य तत्काल बाहिर ल्याउने पक्षमा हामी छैनौं ।’ के हो ‘स्पाइडर गु्रप’ र को हुन् सन्दीप पाठक र मिलन लामा नेपालको अपराध संसारमा भर्खरै सुनिएका यी नामबारे प्रहरीसँग केही जानकारी भए पनि त्यो पर्याप्त नभएको प्रहरीको भनाइले स्पष्ट पार्छ । पछिल्ला बै ंक डकैती, लुटपाट र डा. दीक्षितमाथिको आक्रमणमा एउटै गिरोहको हात रहेको र त्यो सन्दीप र मिलन समूह नै भएको प्रहरीको आशंका छ । तर, मिलन भने काठमाडौ ं मेडिकल कलेजकै अर्का संचालक बिएस राणामाथि २०६२ पुस ४ को गोली प्रहारको प्रयास, डेढ वर्षघि त्यही कलेजमा बम विस्फोटनको प्रयास र डा. दीक्षितमाथिको आक्रमण मात्रै आफ्नो समूहले गराएको बताउँछन् । तर, सन्दीप पाठक आफै वा आफ्नो गिरोहका सदस्य भएको रहस्य भने उनी खोल्दैनन् । पछिल्ला समयमा बैंकहरूमा भएका लुटपाटका घटनामा भने आफ्नो संलग्नता नरहेको उनको दाबी छ । निजी लगानीका स्वास्थ्य संस्था र त्यसका संचालकहरूसँग लाखौंकरोडौं रुपैयाँ मागिएको र नदिए ज्यान मार्न े धम्की दिइएका घटना यसअघि नै पटक पटक र्सार्वजनिक भएका छन् । यसअघि त्यस्ता धम्कीका केही घटना र्सार्वजनिक भए पनि डा. दीक्षितमाथि आक्रमणपछि आफूसँग रकम मागिएको र धम्की दिइएको बताउने हिम्मत उनीहरूले गर्न सकेका छैनन् । एक प्रतिष्ठित चिकित्सक नाम नछाप्ने र्सतमा भन्छन्, ‘लाखौं रकम माग गर्दै मलाई पनि विदेशबाट फोन आएको छ, नरम स्वरमा बोल्ने उसले मागिएको रकम नदिए डा. दीक्षित बनाइदिने धम्की दिने गरेको छ ।’ काठमाडौं मेडिकल कलेजका अध्यक्ष तथा वरिष्ठ निजी लगानीका स्वास्थ्य संस्था जस्तै वैदेशिक रोजगार व्यवसायी पनि यो गिरोहबाट अत्यधिक पीडित छन् । नेपालबाहिरबाट टेलिफोन गरेर करोडौं रकम माग्ने गरिएको र डा. दीक्षितमाथि आक्रमण गरिएको दिन ‘वैशाख २१’ सम्झन धम्की दिने गरिएको बताउँछन्, उनीहरू । उनीहरूका अनुसार अहिले यो व्यवसाय यस्तै धम्कीका कारण पीडित र त्रस्त बनेको छ । नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष एलपी सावा भन्छन्, ‘बामे र्सन थालेको यो व्यवसायलाई यस्तो धम्कीले संकटमा पार्ने सम्भावना देखिएको छ ।’ को हुन् मिलन लामा - more.........................................
Read Full Discussion Thread for this article