Posted by: focus.nepal June 12, 2006
माओबादीसँग गुहार
Login in to Rate this Post:     0       ?        
बुटवल, जेठ २९/’गल्ती गर्ने कसैले पनि छुट नपाउने’ भएपछि अचेल माओवादी जनअदालतमा मुद्दा मामिलाको घुइँचो लागेको छ । माओवादीले पाल्पामा अन्यायमा परेकालाई अदालतमार्फ न्याय दिलाएपछि जनअदालतमा जानेको संख्या बढेको छ । सर्वोच्च अदालतबाट टुंगो नलागी थन्किएका कतिपय मुद्दा अहिले जनसमिति पाल्पाको कार्यालय जनअदालतमा दर्ता भएका छन् । यसरी दर्ता भएका मुद्दाको संख्या ४० भन्दा बढी छन् । जनअदालतमा आएका मुद्दाहरुमा बहुविवाह, नाता प्रमाणित, अंशबण्डा, ठगी, डकैती, श्रम शोषण लगायत छन् ।कार्यालयमा पुगेका मुद्दाहरुको निष्पक्ष छानविन गरी अन्याय भएकालाई न्याय दिन आफू पछि नपर्ने जनअदालतका ‘समर’ बताउँछन् । नेकपा माओवादी संयुक्त जिल्ला जनसर्म्पर्क समिति पाल्पाको कार्यालयले मुद्दाको प्रकृति हेरी मुद्दालाई तीन भागमा विभाजन गरी कारवाही गर्ने गरेको बताएको छ । यसमा सामान्य, जघन्य उन्मुख र जघन्य छन् । सामान्य मुद्दाहरुलाई मिलापत्र गरिएपनि जघन्य उन्मुख र जघन्य जस्ता मुद्दाको बारेमा कडा अनुसन्धान गर्नुपर्ने हुँदा केही समय लाग्ने कार्यालयको भनाइ छ । अहिले जनसमितिको कार्यालयमा सर्वोच्चमा पुगेका मुद्दाहरु समेत फर्किएर आएका छन् । जनसर्म्पर्क कार्यालयमा मुद्दा दिनेहरुमा सबैभन्दा बढी सरकारी कर्मचारी र संघसंस्थाकै कर्मचारी रहेको कार्यालयको दाबी छ । आफूहरुले काम गरेर पारिश्रमिक नपाएपछि करारमा काम गरी अवकास पाएका जिल्ला खानेपानी कार्यालयका करिव १८ कर्मचारीहरुले न्यायको माग गर्दै जिल्ला जनसर्म्पर्क समितिको कार्यालयमा मुद्दा दायर गरेका हुन् । यो मुद्दा ३६ नम्वरमा दर्ता भएको छ । यसरी काम गरी पारिश्रमिक नपाएर पीडित भएका खानेपानी कार्यालयका कर्मचारीहरुले परिश्रमको उचित पारिश्रमिक उपलब्ध गर्राई दिन र दोषीमाथि कारवाही गर्न माग सहित उक्त कार्यालयमा मुद्दा दायर गरेका हुन् । यसरी रिट दायर गर्नेहरुमा तुलसा नेपाल, शिवबहादुर विश्वकर्मा, गणेशबहादुर दर्लामी, ज्योत्रि्रसाद हितांग, विष्णुबहादुर थापा, नारायण बस्नेत, अशोक मरासिनी, लोकबहादुर थापा, चन्द्रबहादुर थापा छन् ।त्यस्तै गरी केही समय अगाडिसम्म करारमा काम गरी अवकाश पाएका अन्य नौ जना कर्मचारीहरुको पीडा पनि उस्तै छ । उनीहरुले २०६३ साल भदौ ९ गतेसम्म काम गरेका थिए । तर पारिश्रमिक अहिलेसम्म पाएका छैनन् । ‘उताबाट आजीत भएपछि जनअदालत धाउन बाध्य भयौं’- उनीहरुको भनाइ छ ।तानसेन नगरपालिकाले आफूलाई अन्याय गरेको भन्दै सावित्रा केसीले नगरपालिकाका कार्यकारी अधिकृत महोनप्रसाद मरासिनीविरुद्ध माओवादी कार्यालयमा मुद्दा दर्ता गराएकी छन् । निजको मुद्दा २१ नम्वरमा दर्ता भएको छ । उनले दर्ता गराएको मुद्दामा अधिकृत मरासिनीले आफ्नो चाकडी गर्ने कर्मचारीलाई यथावत राखेको तर निष्पक्ष जनताको काम गर्ने कर्मचारीले जागिर छोड्नुपरेको गुनासो उल्लेख छ ।अधिकांश मुद्दाहरुको छानविन भैरहेको छ । सबै मुद्दाहरु यथार्थ र निष्पक्ष तरिकाबाट फैसला गर्ने जनअदालतका शक्तिले बताए । फोकस बल्गसम डट कम बाट
Read Full Discussion Thread for this article