Posted by: Ignitor June 11, 2006
Prachanda KTV interview - Video
Login in to Rate this Post:     0       ?        
अन्तर्वार्ताको यात्रा भोजराज भाट नाम र लोगो नभएको अफिसको गाडी चढेर झिसमिसेमै चितवनको यात्रा सुरु भयो । कान्तिपुर टेलिभिजनका सोहन श्रेष्ठ, युपेश प्रधानसँग जेठ २३ गते बिहान साढे १० बजे नारायणगढ पुगियो । त्यहाँबाट अपरििचत सम्पर्क व्यक्तिलाई फोन गरयिो, उनले संक्षिप्तमा भने, "सीधै पूर्व टाँडीतिर लाग्नूस् । अनि यो नम्बरमा फोन गर्नुहोला ।" सीधै गाडी लिएर भनिएको स्थानतर्फ गइयो र सामान्य सोधपुछ गरयिो । तर, त्यो फोन नम्बर कसको हो भन्ने पत्तो लागेन । दुर्भाग्य, अघिल्लो रात त्यतैतिर चट्याङ परेकाले स्थानीय टेलिफोनको नेटवर्क बिगि्रएको रहेछ । दिइएको नम्बरमा मैले सम्पर्क गरेँ, उताबाट अर्को सम्पर्क तोकियो । त्यहाँबाट पुल नपुग्दै राजमार्गको छेउमा गाडी रोकेर हामी ओर्लियौँ । बाहिर निस्केर गाउँलेलाई सोध्न मात्र लागिएको के थियो, एक जना दुब्ले मानिस आएर सोधे, "तपाईंहरू पत्रकार हो ?" 'हो' भनेपछि उनले त्यहाँ बसोवासको बन्दोबस्त मिलाइएको बताए । त्यसपछि हामीलाई एउटा पक्की घरभित्र लगियो । दुई मिनेट नबित्दै अर्का व्यक्ति आए, प्रदीप शाह । उनी अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य रहेछन् । उनले हाम्रोबारेमा विभिन्न जिज्ञासाहरू राखे । र, भने, "तपाईंहरू हाम्रो निमन्त्रणामा आउनुभा'को छ । अबको केही घण्टामै नेकपा माओवादीका अध्यक्ष कमरेड प्रचण्डसँग भेटघाट मिलाइने व्यवस् था हुँदैछ । कृपया अन्यथा नसोच्नुहोला, फोन आउँदा कुन ठाउँमा छौँ भनेर नखुलाउनुहोला । पत्रकारतिाको धर्म राखिदिनुहोला ।" हामी तीनै जनाले साढे दुई घण्टासम्म मोबाइल 'स्विचअफ' गर्‍यौँ । दिउँसोको खाना त्यही घरमा खाइयो र केहीबेर त्यहीँ आराम गर्न भनियो । २० मिनेटपछि एक जना आएर भन्ो, "तपाईंहरूलाई बोलाइएको छ, तयार हुनूस् ।" त्यहाँबाट तीन किलोमिटरजति पूर्व जाँदै गर्दा हामीलाई बाटो देखाउन हिँडेका दुई मोटरसाइकल बायाँ कुनातर्फको कच्ची सडकतिर लागे । तिनको पछिपछि हामी थियौँ । राजमार्गबाट पाँच सय मिटरभित्र एक गाउँमा पुगेपछि गाडी रोकियो । एक अपरििचतको पछि लागेर हामी एउटा भुइँतले घरभित्र गयौँ । घरको अगाडिकै कोठामा अन्तर्वातर्ा लिने स् थान मिलाइएको रहेछ । तर, त्यो ठाउँ अलि साँघुरो थियो । मैले त्यस घरको पूर्वमा रहेको खुला ठाउँमा अन्तर्वार्ता लिने कि ? भन्दा सुरक्ष्ााका कारणले त्यसो नहुने बताइयो । अन्ततः युपेशले टेलिभिजनका दुई बडेमानका क्यामरा मिलाउन थाले । ठट्यौला प्रचण्ड एकछिनमै एक जना वृद्ध मान्छे आए, उनले आफ्नोचाहिँ नाम बताएनन् तर हाम्रो परचिय मागे । त्यसलगत्तै आएका भीष्म नामक कमान्डर भन्दै थिए, "ऊ त्यो फोटो हटाइदिऊँ कि ! त्यसले अप्ठ्यारो पार्छ जस्तो छ ।" युपेशले जवाफ दिए, "त्यहाँसम्म क्यामराको प|mेम पुग्दैन, त्यसैले हटाउनु पर्दैन ।" केको मान्थे र ! एक जना जुरुक्क उठेर त्यहाँ टाँसिएको भारतीय हिरोइन भूमिका चावलाको पोस्टर झिकिछाडे । सायद, प्रचण्डको तस्बिरलाई त्यस हिरोइनसँग जोडेर नकारात्मक कुरा बाहिर आउला भन्ने शङ्काले त्यसो गरएिको हुनसक्छ । क्यामरा तयारीकै क्रममा थियो, फेर िअर्का व्यक्ति आएर अध्यक्षलाई ल्याउनुपर्‍यो कि भन्न थाले । तर, यता पूरा तयारी भइसकेको थिएन, अरू पाँच मिनेट लाग्ने बताइयो । सबै कुरा मिलेपछि तीन युवक कोठाभित्र छिरेर नरम स्वरमा भन्न थाले, "दुःख नमान्नुहोला, यो हाम्रो नियम हो, यहाँ जाँच गर्दैछौँ । तपाईंहरूसँग भएको झोला देखाइदिनुहोस् । " युपेशको कपाल कटाइ र उनले साथमा बोकेको नानाथरीको साँचोले अनावश्यक शङ्का थपियो क्यार ! उनीमाथि बढ्तै चेक भयो । कम्मरको पेटीमा रहेको साँचोको झुत्तो झिकेर भुइँमा राख्न भनियो । चेकजाँच सकिएपछि एक जना खाइलाग्दा मान्छे कोठाभित्र प्रवेश गरे । दरोसँग हात मिलाए । तस्बिर बाहिर सार्वजनिक भइसकेका कारण हामीलाई ठम्याउन कुनै गाह्रो परेन, कपालमा जेल लगाएका, बाक्लो जुँगा पाल्ने ती व्यक्ति प्रचण्ड हुन् भनेर । उनीसँगै डा बाबुराम भट्टराई पनि थिए, सामान्य चिनजान भयो । प्रचण्ड खाटमा बस्न गए तर उनलाई क्यामराअगाडिको कुर्सीमा बस् न अनुरोध गरयिो । हट्टाकट्टा र खाइलाग्दो ज्यानका प्रचण्ड प्लास्टिकको त्यस कुर्सीमा के बसेका थिए, कुर्सी चुइँकिन थाल्यो । प्रचण्डले जिस्किँदै भने, "होइन यो कस्तो कुर्सी हो, अन्तर्वार्ता दिँदादिँदै भाँच्चिएलाजस्तो छ । यसमा बसेर त कुरै नफुर्लाज्ास्तो छ, जानूस् त अर्को कुर्सीको व्यवस्  थ्ाा गर्नुस् । " गमक्क पर्ने मान्छे होलान् जस्तो लागेको थियो तर यी त ठट् यौलो स् वभावका रहेछन् । बीबीसी टेलिभिजनलाई अन्तर्वार्ता दिएको क्ष्ाण सम्झँदै उनले सुनाए, "अरे त्यतिखेर त कुनै फिल्मको सुटिङ् गरेजस्तै लाग्यो । वरपिर ियति बत्ती नै बत्ती थिए कि म त अचम्मै परँे !" दाजु-बहिनीको भेट प्रचण्डसँग अन्तर्वार्ता लिन थालियो । डा भट्टराईचाहिँ सामुन्नेको ढोकामा बसेर सुनिरहेका थिए । लगातार पौने घण्टाजसो अन्तर्वार्ता लिएपछि क्यामराको ब्याट्री फेर्नुपर्ने भयो । ठीक त्यही बेला डा बाबुरामले प्रचण्डलाई भने, "तपाईं एकछिन यता आउनुपर्‍यो ।" प्रचण्ड उठेर अर्को कोठातर्फ गए । फर्केपछि फेर िआधा घण्टाजसो अन्तर्वार्ता भयो । त्यसपछि डा भट्टराई र प्रचण्डसँग हामीले तस्बिर खिचायौँ । र, बाहिरको वातावरण हेर्न भनेर निस्कियौँ । भित्र दुई नेताहरू मात्रै थिए । एकछिनमै बडो भावुक दृश्य देखियो । वषौर्ं भेट नभएकी प्रचण्डकी बहिनीले उनलाई भेट्न पाउँदा अँगालो मार्दै रोइरहेकी थिइन् । त्यतिखेर प्रचण्ड पनि निकै भावुक भएर आँखा पुछ्न थाले । त्यतिबेलै प्रचण्डका पुत्र प्रकाश बाहिर गएको देखेपछि मैले उनीसँग चिनजान गर्न चाहँे । उनले आफ्नी 'मम्मी' सँग चिनजान गराइदिए । लगत्तै दही र स्याउ मिसाइएको सलाद आइपुग्यो, त्यो खाइयो । अनि आँगनमा के बसेका थियौँ, दुई दर्जनजति मानिसहरू फूलमाला लिएर लाइनमा बसे । म त निकै खुसी भएँ, किनभने अब प्रचण्ड, बाबुरामको बिदाइ गर्ने बेला आयो र त्यसको तस्बिर खिच्छु भन्ने थियो मलाई । तर, भित्रबाट अर्कै सन्देश आयो । त्यो त हाम्रो बिदाइ गर्ने लाइन पो रहेछ । त्यसपछि मात्र प्रचण्डहरू जाने रहेछन् । हामी तीन जनालाई लस् करै राखेर माला लगाइदिए । हामी पनि बिदाबारी भएर हिँड्यौँ. Source: - http://www.kantipuronline.com/Nepal/notebook.php
Read Full Discussion Thread for this article