Posted by: paankopat June 8, 2006
Nepotism in Kathmandu University
Login in to Rate this Post:     0       ?        
जनआस्था साप्ताहिक,ज्येष्ठ २४, २०६३ भीसीका नातागोता सबै यता काठमाडौंविश्वविद्यालयका उपकुलपति सुरेशराज शर्मा र रजिष्ट्रार सीताराम अधिकारीको अत्याचार सहिनसक्नु छ । शर्माका भाइ मुकुन्द उपाध्यायलाई प्रशासनिक प्रमुख र पछि व्यवस्थापन महाशाखाको प्रमुखमा नियुक्त गरिएको छ भने छोरी सिजन ढुङ्गेललाई मेनेजर पद जिम्मा लगाइएको छ । छोरीलाई किन एक्लै पार्नु भनेर उनैकी साथी ज्योति प्रधानलाई समेत सोही पदमा नियुक्ति दिइएको छ । उपकुलपति शर्माका भाञ्जा मनिष पोखरेललाई कम्प्युटर डिपार्टमेन्टको प्रमुख बनाएर राखिएको र उनका भाइ दीपकलाई परीक्षा अधिकृत तोकिएको छ । मुकुन्द उपाध्यायका जेठानलाई मेडिकल स्कूलको अधिकृत पदमा राखिएको छ । शर्माका साढुदाइ दामोदर गौतमलाई प्रोफेसर पदमा भर्नामात्र गरिएको छैन, मामाको नाति उमेश कोइरालालाई लामो समयसम्म पीएमा राखिएको छ । भाइका छोरा, भाञ्जा र छोरीलाई पनि मणिपाल कलेजमा एमबीबीएस पढाएका छन् । भाइ दिनेश ढुङ्गेललाई धुलिखेल अस्पतालमा जागिर ख्वाएका उनले रजिष्ट्रारका छोरा ब्रिजेश अधिकारीलाई मनोमानी ढङ्गबाट पटक-पटक स-शुल्क छात्रवृत्तिमा अध्ययन गर्न पर्ठाई प्रमोशन गराएका छन् । अर्का छोरा शरद अधिकारीलाई ल्याई मेनेजर पद सिर्जना गरेर बहाल गराइएका छन् । शर्माले सालीको छोरालाई कम्प्युटर फाटमा सिनियर टेक्निसियन बनाई तालिमका लागि जापान पठाएका छन् भने भाञ्जा नवीन्द्रलाई लेखा अधिकृत, छिमेकी तथा फुपाजुको छोरा कुमार बराललाई एकाउण्ट मेनेजर र फुपाजु टीकादत्त रजिष्ट्रार मुनिको प्रशासनिक पदमा राखी तलब-भत्ता ख्वाएर पालेका छन् । त्यस्तै, भाइ देवराज अधिकारीलाई लाइब्रेरी अधिकृत बनाई बढुवा गरिएको । अर्का भाइ, चिरपरिचित राधेश्याम अधिकारीलाई लामो समयदेखि कानूनी सल्लाहकारमा राखिएको छ । राधेश्याम अधिकारी पछि अर्का भाइ सुनील अधिकारीलाई पनि कानूनी सल्लाहकारमा नियुक्त गरिएको छ । राधेश्याम अधिकारीको छोरीलाई मणिपालबाट एमबीएस गर्राई छोरी ज्वाइलाई नै धुलिखेल मेडिकल इन्सटिच्युट -काठमाडौं विश्वविद्यालयबाट सम्बन्धनप्राप्त) मा जागिर ख्वाइएको छ । छिमेकी भोला थापालाई हैसियतभन्दा माथिको पदमा बहाल गरिएको छ । डीन भद्रमान तुलाधरका छोरा डेनियल तुलाधरलाई असमयमै बढुवा गर्राई स्थायी जागिर ख्वाएका शर्माले कुरौटे, चम्चाहरुलाई पटक-पटक सःशुल्क विदेश पर्ठाई बढुवा गराइएका छन् । र, उनीहरुका परिवारलाई समेतलाई जागिरमा भर्ना गरिएको विषय विश्वविद्यालयका शिक्षकर्-कर्मचारीबीच चर्चाको विषय बनेको । शिक्षक छनौट प्रक्रियामा अनियमितता कुनै पनि समय आफ्ना मानिसहरुलाई भर्ना गर्नुपर्दा आफ्नै ढङ्गबाट नियुक्त गर्ने र सरकारको उपस्थिति नरहेको बेला कर्मचारीहरुलाई स्थायी र बढुवा गरेको उदाहरण काठमाडौं विश्वविद्यालयमा पाउन सकिन्छ । बाबुका पालाका भान्से बाहुनदेखि लिएर भाइको ससुरालीसम्मका मानिसहरु भर्ना गरी सिङ्गो प्रसाशनिक भवन भरिएको छ । चाकडी नगर्ने योग्य शिक्षक र कर्मचारीलाई असुहाउदो र आपत्तिजनक नियम बनाई, पत्र थमाई जागिर खाने गरिएको उदाहरणहरु त्यहा प्रशस्त छन् । जीवनको एउटा सिङ्गो कार्यकाल सेवामा बिताएका शिक्षकहरुलाई गरिएको शोषणको हिसाब-किताब समयमा हुनेछ भन्ने पीडित शिक्षकहरुको राय छ । योग्य तथा साहसी शिक्षकहरुलाई अध्ययन बिदा दिने क्रममा देखिने र बुझिने किसिमबाट शोषण गरेर आफू शक्तिशाली भएको देखाउन खोजिएका प्रशस्त घटनाहरु दोहोरिदै आएका छन् । र, त्यस्ता कुराहरु कतैबाट कहिलै छानबिन भएनन् । शिक्षकहरुले विश्वविद्यालयको हकहितको लागि छलफल गर्न खोलिएको फोरमलाई चम्चाहरुमार्फ् लोभ र धम्की दिदै भाड्ने प्रयास गरेका शर्माले विद्यार्थीको भर्नाक्रममा अयोग्य आफन्तहरु तथा माथिल्लो तहका मानिसको आग्रहलाई मान्ने गरेको शिक्षकर्-कर्मचारीको माझ र्छलर्ङ्ग छ । त्यसैक्रममा योग्य विद्यार्थीहरु त्यहा अध्ययनबाट बञ्चित हुनुपरेको तीतो हरेक शैक्षिक सत्रमा चर्चाको विषय बन्नै गरैकौ । आर्थिक अनियमितता सदनबाट पास गर्राई आफ्नो बुताले खोलेको विश्वविद्यालय ठानी लौरो टेकेर भए पनि आजन्म उपकुलपति र रजिष्ट्रार बन्ने षड्यन्त्र गरी त्यहीअनुरुपको संयन्त्र उनले तयार पारेका छन् । जोसुकै सरकार प्रमुख भए पनि उसैको दाबेदार भई जनतालाई गुमराहमा राखी आर्थिक अपारदर्शिता कायम राखेको, कुनै पनि आर्थिक कारोबारमा शिक्षकर्-कर्मचारीस"ग परामर्श नगर्ने, कथित 'क' श्रेणीको लेखापरीक्षकद्वारा लेखापरीक्षण गराइने भनी बाहिर सुनाए पनि भित्री रुपले कम्बल ओढेर घ्यू पिएको घटनाहरुबाटै उनको कालो नियत र्छलङ्ग हुन्छ । जनकपुर, बानेश्वर र धुलिखेलमा आलिशान दरबार बनाएर पनि नपुगेर विश्वविद्यालय परिसरभित्रै थरिथरिको अत्याधुनिक फ्ल्याट निर्माणगरि बस्ने शर्मा थरिथरिका भवन निर्माणको क्रममा कमिसनको खेलमा निर्लिप्त हुने गरेका छन् । विश्वविद्यालयको नाममा सरकारबाट करोडौं वाषिर्क आम्दानी प्राप्त हुने गरेको र देशी-विदेशी सहायताबाट प्राप्त रकमको समेत छानबिन कुनै निकायबाट कहिल्यै नहुने स्पष्ट छ । काठमाडौं विश्वविद्यालयमा शिक्षाको नाममा नाङ्गो व्यापार हुने गरेको छ । आर्थिक कारोबार रजिष्ट्रार र एकाउण्ट मेनेजरको हस्ताक्षरमा हुने गरेको छ । विश्वविद्यालयरुपी मन्दिरलाई नातावादको फोहोरी खेल खेल्ने अखडा बनाई दशौं करोडको आर्थिक हिनामिनामा उपकुलपतिका दुबै भाइहरु मदनराज शर्मा र जलनराज शर्मा अख्तियारको बयानका लागि धाइरहेको परिप्रेक्षमा दाजुमाथि जनताले कारवाहीको माग गर्नु सम्पूर्ण नेपालीको अधिकार र जिमेवारी हौ ।
Read Full Discussion Thread for this article