Posted by: Ignitor June 6, 2006
Maoists hold massive Nepal rally
Login in to Rate this Post:     0       ?        
जनपरिचालनमा नयाँ फड्को किशोर नेपाल जेठ १९ गते नेपाल कम्युनिस्ट पार्टी -माओवादी) का कार्यकर्ताहरूले टुँडिखेलको सैनिक मञ्चमाथि कब्जा जमाए । राजा-महाराजाको जन्मदिवसका समारोहहरू मनाउने, दसैँ, शिवरात्रि र घोडेजात्रामा बारुदका विभिन्न खेल देखाएर शक्ति प्रदर्शन गर्ने मञ्चमा जनताको ओइरो काठमाडाँैको समाजमा एक महिनाअघिसम्म अचिन्त्य कुरा थियो । तर, त्यही अचिन्त्य कुरा वास्तविकतामा परण्िात भयो । मुलुकका सबै राजनीतिक दलका आयोजनामा भएका जनसभाहरू खुलामञ्चमा अटाएका थिए । माओवादीहरूको आयोजनामा भएको जनसभाका लागि यो ठाउँ पर्याप्त भएन । देशका विभिन्न क्षेत्रहरूमा आफ्नो शक्ति प्रदर्शन गर्न क्रमबद्ध रूपले आयोजना गरएिका जनसभाहरूकै क्रममा काठमाडौँमा आयोजित जनसभामा उपत्यका र वरपरका क्षेत्रबाट सहभागीहरूको विशाल जमघट गराइएको थियो । माओवादी जनसभामा अत्यधिक सहभागिताको प्रभाव राजधानी शहरका लागि अप्रत्यासित मात्र थिएन, आश्चर्यजनक पनि थियो । राजधानी शहरमा भएका जनसभाहरूमा २०३६ जेठ १० गते राजाबाट निर्दलीय पञ्चायत व्यवस्था र बहुदलीय प्रजातान्त्रिक व्यवस्थाका बीच छनोटका लागि जनमतसङ् ग्रहको घोषणा भएपछि बहुदलीय पक्षद्वारा आयोजित जनसभा सम्भवतः अहिलेसम्मको सबभन्दा ठूलो जमघट थियो । बहुदलीय पक्षका नेताका रूपमा बीपी कोइरालाले सम्बोधन गर्नुभएको त्यो जनसभा तत्कालीन समयका हिसाबले ०४६ को जनआन्दोलनको सफलतापछि आयोजना गरएिको सभाभन्दा तुलनात्मक रूपले निकै बृहत् थियो । ०३६ साल र अहिलेको राजनीतिक घटनाक्रमको निर्माण हिंसाको पृष्ठभूमिमा भएको थियो । त्यतिबेला निरङ् कुश राजतन्त्रका विरुद्ध सशस्त्र आन्दोलनमा उत्रिनुभएका बीपी कोइराला राष्ट्रिय एकता र मेलमिलापको नीति लिएर निर्वासनबाट स्वदेश फिरेपछि सिर्जना भएको राजनीतिक दबाबका कारण राजाबाट जनमतसङ्ग्रहको घोषणा भएको थियो । यतिबेला नेपाल कम्युनिस्ट पार्टी -माओवादी) ले सात राजनीतिक दलको गठबन्धनसँग गरेको सहकार्यको सहमति र त्यसैका आधारमा भएको जनआन्दोलनले राजनीतिका आधारभूमिहरूलाई विस्तारति गरेका छन् । समयले निकै ठूलो फड्को मारेको छ र अब ०३६ सालको त्यो अभिलेख तोडिएको छ । जनआन्दोलन- ०६३ ले नेपाली राजनीतिका स्थापित मान्यता र आयामहरूलाई पूर्ण रूपले विस्थापित गरेको छ । जनआन्दोलनको सफलतापछि खुला तर संशयपूर्ण रूपले राजनीतिको मूलधारमा नेपाल कम्युनिस्ट पार्टी -माओवादी) को प्रवेशपछि जनपरचिालनको सन्दर्भमा नेपाली राजनीतिले ठूलो फड्को मारेको छ । यसका साथै, नेपाली राजनीतिमा अहिलेसम्म जमेर बसेका आधारहरू भत्किएका छन् । जनसभामा सहभागी नेपालीहरूको अवस्था र हैसियतको सूक्ष्म अध्ययन गर्ने कसैका लागि पनि परविर्तन हुन थालेको नेपाली राजनीतिको नयाँ चरत्रि ठम्याउन गाह्रो पर्दैन । नेपाल कम्युनिस्ट पार्टी -माओवादी) द्वारा हाल विभिन्न ठाउँमा आयोजित विशाल आकारका जनसभाहरूका आधारमा यति कुरा निर्धक्क भन्न सकिन्छ- मूलतः उच्च वर्गदेखि निम्न मध्यमवर्गको माथिल्लो घेरासम्म सीमित रहेको निणर्ायक राजनीतिक शक्तिमाथि निम्नवर्गीय जनताको आधिपत्य तीव्र गतिमा स्थापित हुने क्रममा छ । नेपाली काङ्ग्रेस -दुवै समूह) र नेपाल कम्युनिस्ट पार्टी -एमाले) जस्ता ठूला दलहरूका लागि यो तथ्य स् वीकार गर्नु निकै कठिन हुनेछ । उदार जनतन्त्र, विधिको शासन र प्रतिस्पर्धात्मक राजनीतिका पक्षमा रहेका बुद्धिजीवी, व्यवसायी र नागरकि समाजका सदस् यहरूका लागि पनि यो कुरा त्यति सुपाच्य हुन सक्दैन । तर, वस्तुगत वास्तविकतालाई कसैले पनि इन्कार गर्न सक्दैन । ०४६ सालपछि नेपाली काङ्ग्रेस र एमालेजस् ता पार्टीहरू राजधानी र सुविधाजनक शहरहरूतिर खुम्चिए । उनीहरूले निम्न मध्यमवर्गीय समाजको माथिल्लो घेराभन्दा पर आफ्नो आधारको विस्तार गर्ने आवश्यकता देखेनन् । जतिखेर त्यस्तो आवश्यकता महसुस गरे, त्यतिबेला स्थिति उनीहरूको प्रतिकूल भइसकेको थियो । निम्न मध्यमवर्गको माथिल्लो घेरा नाघ्न नसकेका जनता माओवादी पार्टीको आकर्षणमा परसिकेका थिए । Contd..... Source - http://www.kantipuronline.com/Nepal/aabaran.php
Read Full Discussion Thread for this article