Posted by: lonely1 June 3, 2006
Royal family-business fascism--small eample
Login in to Rate this Post:     0       ?        
Nepal's most money-making and forex earning hotel is closed for more than six months now. The poor employees are the hardest hit by it. But why would anyone close a money-making tree, i.e. hotel going on profit? याक एण्ड यति बन्द प्रकरणमा राजा ज्ञानेन्द्रका छोरी ज्वाइँ राजबहादुर सिंहको नाम joडिएको निकटतम सूत्रहरू बताउँछन्। शाही शासनका बेला आफ्ना ससुराको नाम र शक्ति भजाएर व्यापार–व्यवसायमा जम्न खोजेका सिंहले होटल खरीद गर्ने मनसाय व्यक्त गरेपछि सर्राफ परिवारले नेपाल नै छाड्न चाहेको चर्चा पनि होटलजगतमा चलेको थियो। भित्रियाहरूका अनुसार, सिंहले अरुण सर्राफलाई दरबारमै बोलाएर करीब रु.९ अर्बको सम्पत्ति रहेको होटल निक्कै सस्तोमा बेच्न दबाब दिएपछि सर्राफ परिवार नेपालमा नबस्ने निर्णयमा पुगेको बुझिएको छ। र, यही बेला बहाना बन्यो– मजदुरहरूको माग। दरबारको दबाब खप्न नसकेपछि सर्राफ परिवारले नयाँदिल्लीमा लबिङ समेत गरेको थियो। दिल्लीले आफ्नो दूतावासमार्फत् दरबारमा विरोध जनाएपछि सिंहले प्रत्यक्ष दबाब दिन त छाडे, तर आफ्नो शक्ति प्रयोग गरेर नेपाल औद्योगिक विकास निगमका महाप्रबन्धक मिलनविक्रम शाहलाई हात लिएर होटलको बाटो बन्द गर्न लगाए, भित्रियाहरू बताउँछन्। अर्का एकथरीको भनाइमा, शुरुमा दरबारको दबाब र पारिवारिक कलहका कारण बन्द गर्ने निर्णयमा पुगेको सर्राफ परिवार यतिखेर होटल खोल्नको लागि सिजन पर्खेर बसेको छ। सामान्यतयाः वर्षायाममा नेपालमा खासै पर्यटकहरू नआउने र सेप्टेम्बरदेखि मात्र उनीहरूको चाप बढ्ने हुनाले बेमौसममा होटल खोलेर घाटा व्यहोर्न मालिकहरू चाहँदैनन्। फेरि यसै पनि भाडाबाट उनीहरूलाई मासिक एक करोड रुपैयाँभन्दा माथिको रकम आइरहेकैले होटल बन्दको असर व्यवस्थापनलाई खासै परेको छैन। बन्द होटल परिसरमा रहेका अन्य संस्थाहरूबाट आउने भाडा नै उसलाई मनग्ये छ– रोयल क्यासिनोबाट रु.४५ लाख, विश्व ब्याङ्क, अमेरिकी कन्सुलर शाखा र पुस्तकालय तथा अन्य निकायहरूबाट करीब रु.७५ लाख। Source http://www.nepalihimal.com/2063/jestha-16-31/report_hyny.html
Read Full Discussion Thread for this article