Posted by: aman June 2, 2006
Look at new gyanendra. Guess who?
Login in to Rate this Post:     0       ?        
सयौं सवारी माओवादी नियन्त्रणमा, यात्रुहरू अलपत्र कास काठमाडौं, जेठ १८ - काठमाडौंमा बिहीबार आयोजना हुुने सभामा सहभागिता जुुटाउन माओवादीले विभिन्न जिल्लाका सयौं सवारी साधन नियन्त्रणमा लिएका छन् । चितवनमा स्थानीय तथा लामो रुटमा चल्ने सवारी साधन माओवादीले उपयोग गरेपछि सवारी साधनको अभावमा यात्रुुहरू अलपत्र परेका छन् । विशेष गरेर लामो दूरी यात्रा गर्ने सर्वसाधारण टाँडीबजार, पुुलचौक तथा महेन्द्र बसपार्कमा अलपत्र परेका छन् । माओवादीले आफ्ना कार्यकर्ता तथा सर्वसाधारणलाई जिल्लाका ग्रामीण क्षेत्रबाट समेत ओसार्न बस, ट्रक, माइक्रोबसलगायतका सवारी साधन नियन्त्रणमा लिई परिचालन गरेका छन् । पूर्व र पश्चिमबाट काठमाडौंका लागि आएका सवारी साधनलाई नारायणगढको क्याम्पाचौरमा जम्मा गराई सहभागीहरूलाई ओसारेका थिए । चितवनबाट मात्रै १५ हजारभन्दा बढी सहभागी काठमाडौं पठाउने योजना भए पनि त्योभन्दा बढी सहभागी भएको माओवादी जनसरकार प्रमुुख दण्डपाणि पौडेलले बताए । सहभागी जुुटाउन विभिन्न यातायात व्यवसायी तथा निजी सवारी साधनको उपयोग गरिएको भए पनि जबरजस्ती नियन्त्रणमा नलिइएको जनसरकार प्रमुुख पौडेलले बताए । मान्छे ओसार्न माओवादीले नियन्त्रणमा लिएका सवारी साधन गाउँ गाउँमा पठाएका छन् । रुपन्देही, नवलपरासी र चितवनबाट कम्तीमा १ हजारभन्दा बढी सवारी साधन आफूहरूले 'जनताको सुुविधाका लागि व्यवस्था गरेको' माओवादी नवलपरासीका इन्चार्ज टंकमणिले बताएका छन् । राजमार्गमा चल्ने सवारी साधन नियन्त्रणमा लिएर व्यवस्थित गर्न माओवादी मुुख्य बजारहरूमा बिहानैदेखि सयौं स्वयंसेवक परिचालन गरेका थिए । लामो र छोटो दूरीमा चल्ने सवारी साधनहरू माओवादीले तोकेको स्थानमा 'दर्ता' गरेपछि मात्र माओवादी स्वयंसेवकहरूले सडक रुट निर्धारण गरेको माओवादी नवलपरासीका बि्रग्रेड कमिसार साहसले जानकारी दिएका छन् । सवारी व्यवसायी संघको सहमतिमा सवारी साधनको तेल खर्च, चालक र खलासीलाई भत्ता दिने गरी सवारी साधन प्रयोग गरिएको उनले बताए । तर यातायात व्यवसायीले माओवादीसँग भएको सहमतिभन्दा बढी सवारी प्रयोग गरिएको गुुनासो गरेका छन् ।
Read Full Discussion Thread for this article