Posted by: mampaka May 30, 2006
Killer Prachanda likely to be public this Friday
Login in to Rate this Post:     0       ?        
मकवानपुरको गाउँमा प्रचण्डको खुला सम्बोधन, वार्ता सफल हुने दृढता नेकपा माओवादीका अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता डा.बाबुराम भट्टराईले मकवानपुरको हाँडीखोलामा जनतालाई खुला सम्बोधन गर्नुभएको छन्। सम्बोधनमा प्रचण्डले वार्ता सफल हुने दृढता व्यक्त गर्नुभएको छ। मकवानपुरको हाँडीखोलाको श्री प्राथमिक विद्यालयको प्राङ्गणमा भेला भएका जनसमुदायलाई माओवादी वरिष्ठ नेताहरुले सोमबार बेलुका सम्बोधन गर्नुभएको हो। सरकार-माओवादी युद्धविराम भएयता पहिलो पटक सार्वजनिक स्थानमा भाषण गर्न देखिनुभएका माओवादी अध्यक्ष प्रचण्डले नेपाल सरकार र माओवादीबीच जारी वार्ता सफल बनाउन माओवादी दृढताका साथ लागिरहेको बताउनुभयो। "यो वार्ता पनि विफल भएमा नारायणहिटी मात्रै होइन अमेरिका हल्लाउने गरी आँधिवेहरी ल्याउने छौं"- प्रचण्डले भन्नुभयो। राजा वीरेन्द्रको सम्पत्तिलाई राष्ट्रियकरण गर्नुपर्ने माग गर्दै उहाँले "यो लोकतान्त्रिक गणतन्त्रका लागि जुट्ने समय हो" भन्नुभयो। आगामी शुक्रबार माओवादीले काठमाडौंको खुलामञ्चमा गर्न लागेको आमसभालाई सरकारले सही दृष्टिले नहेरेको प्रचण्डले बताउनुभयो। हेटौंडा बजारबाट गाडीमा करिब आधा घण्टामा पुगिने उक्त गाउँमा केही दिन यता माओवादी सेनाको चलखेल बढेको थियो। आगामी शुक्रबारको खुलामञ्चको कार्यक्रमका लागि काठमाडौं जाने क्रममा सो स्थानमा प्रचण्डले सम्बोधन गरेको अनुमान गरिएको छ। मंगलबार बिहान माओवादी नेताहरु चढेको टाटा सुमो गाडी नारायणगढतर्फ लागेको प्रत्यक्षदर्शीहरुले बताए। www.parewa.com (30 May, 2006, 2000 NST)
Read Full Discussion Thread for this article