Posted by: ss74k May 30, 2006
Nepal Hindus in secular protest
Login in to Rate this Post:     0       ?        
राजारानीको संरक्षकत्व हटाइनुपर्ने कास काठमाडौं, जेठ १५ - पशुपतिको भेटी र बहुमूल्य वस्तु व्यवस्थापन समस्या हल गर्न तत्काल दरबारको संरक्षकत्व र अध्यक्षता हटाइनुपर्ने कर्मचारीले माग गरेका छन् । राजदरबारको प्रत्यक्ष निगरानीमा रहेको पशुपति क्षेत्र विकास कोषले मन्दिरमा चढाइने नगद र बहुमूल्य वस्तुलगायतका आम्दानी पारदर्शी र व्यवस्थित गर्नमा वर्षौंदेखि आलटाल हुँदै आएको छ । पशुपतिनाथ देशकै सबैभन्दा बढी आम्दानी हुने धार्मिकस्थल मानिन्छ । कोषले प्रत्येक वर्ष बालाचतुर्दशीको भोलिपल्ट मन्दिरको वाषिर्क आम्दानीका नाममा नाममात्रैको रकम सार्वजनिक गर्दै आएको छ । भक्तजनले चढाएको नगद जम्मा गरी सुन किन्ने परम्परा छ । सुन मूल ढुकुटीमा राख्ने गरिन्छ । मूल ढुकुटीलगायत सबै ढुकुटीमा रहेका सुन, चाँदी र बहुमूल्य वस्तुको अवस्था र मात्रासमेत सार्वजनिक गरिएको छैन । पूजाआजावापत संकलन हुने रकमसमेत कोषमा जम्मा हुँदैन । वैशाख २४ गतेको सरकारी निर्णयबाट पदमुक्त भएका सदस्य-सचिव वसन्त चौधरीले आम्दानी व्यवस्थित गर्न भट्ट, भण्डारी र विसेटहरूलाई तलबको व्यवस्था गर्ने प्रतिबद्घता पटक-पटक व्यक्त गरेका थिए । तर वर्षौं बिते पनि कार्यान्वयन गरेनन् । 'उनी पदमा कसरी टिकिरहने भन्ने ध्याउन्नमा मात्र लागे', पशुपतिनाथका नियमित दर्शनार्थी श्याम नेपालले भने- 'दरबारको संरक्षण रहेसम्म मन्दिरको आम्दानी व्यवस्थित हुने देखिँदैन ।'उनले कोषलाई सरकार मातहतको निकाय अन्तर्गत नराखुन्जेल मन्दिरको आम्दानी व्यवस्थित नहुने बताए । कोषको संरक्षक र अध्यक्षमा क्रमशः राजा र रानी छन् । शाही घोषणबाट ०४३ पुस १ गते स्थापना भएको कोषले मन्दिरको आम्दानी पारदर्शी र व्यवस्थित गर्न ल्याउने भनेको कोष व्यवस्था नियमावली एक दशक बितिसक्दा पनि बन्न सकेको छैन । कोषका कर्मचारी र नागरिक समाज आम्दानी पारदर्शी र व्यवस्थित गर्नुपर्ने मागसहित ०४७ देखि नै आन्दोलित छन् । त्यस यता उनीहरूले पटकपटक अनशनलगायतका विरोध कार्यक्रम गरिसकेका छन् । कोषका एक कर्मचारीले कोषलाई राजदरबारको प्रत्यक्ष निगरानी र निर्देशनबाट तत्काल हटाएर संसद् मातहतमा ल्याउनुपर्ने माग गर्दै भने- 'पशुपति मन्दिरको चौतर्फी सुधार र विकासका लागि प्रतिनिधिसभाले सरकारलाई तत्काल निर्देशन दिनुपर्छ । होइन भने यो समस्या यथावत् रहन्छ ।' कर्मचारीले मन्दिरमा हुने नित्य पूजा र भक्तजनबाट गरिने फर्मायसी पूजा र भेटीघाटीलगायत सबै प्रकारका जिन्सी आम्दानीलाई पारदर्शी बनाई संस्थागत रूपमा बाँधेर व्यवस्थित गर्नुपर्ने माग राखेका छन् । उनीहरूले उक्त रकम मन्दिरको चौतर्फी विकास र सुधारमा खर्च गर्नुपर्ने बताएका छन् । भट्टहरूको अग्रसरतामा मन्दिरमा झन्डै १३ प्रकारका पूजा हुन्छन् । ती पूजा १ सय १ देखि ११ लाख रुपैयाँसम्मका छन् जसको बढीमा ११ प्रतिशत रकममात्रै कोषको ढुकुटीमा जम्मा हुन्छ । बाँकी रकम मूल भट्टको नेतृत्वमा चार भट्टले बाँडिचुँडी लिन्छन् । यस्ता पूजा दैनिक सरदर ६ वटासम्म हुन्छन् । एघार प्रतिशत कोषमा जम्मा गर्ने नियम ०५५ वैशाखदेखि मात्रै लागू भएको हो । यसअघि सबै आम्दानी भट्ट र भण्डारीहरूले आपसी सहमतिमा बाँडेर लिन्थे । http://kantipuronline.com/kolnepalinews.php?&nid=75099
Read Full Discussion Thread for this article