Posted by: Kapan bashi May 27, 2006
Secularism or Hindu Kingdom?
Login in to Rate this Post:     0       ?        
-चितवन) प्रसिद्ध दार्शनिक, सांस्कृतिक केन्द्र थिए । उपनिषद् कालमा कपिलवस्तु क्ष्ाेत्र तत्कालीन सांख्य दर्शनका प्रणेता कपिलमुनिको नामले विख्यात भइसकेको थियो । वैदिक र उपनिषद्कालीन विश्वामित्र, भृगु, और्व, पुलह, भारद्वाज, पाणिनि आदिका आश्रम हाम्रा पर्वतीय प्रदेशमा फैलिइसकेका थिए । वैदिक धर्मका विकृति वर्णव्यवस्था -जातपात छुवाछूत आदि) विरुद्ध बुद्धले कपिलवस्तु र महावीर जैनले विहारबाट नयाँ दर्शन, संस्कृति र मानवीय गरिमा र समानतामा आधारित जीवन पद्धतिको विराट आन्दोलन सुरु गरेका थिए । स्मरणीय छ- जातिभेदवादी ब्राह्मण धर्मविरुद्ध उत्रेका ती दुवै महापुरुष क्ष्ात्रीय वंशी राजकुमार थिए । उनीहरूले सबै वर्ण, जात, जाति, महिला एवं दलितहरूलाई समान मानवीय मर्यादा दिएका थिए । बुद्धभन्दा अगाडि कृष्णले हाकाहाकी भन्थे, 'सबै धर्महरू छोडी मेरै शरणमा पर । छुटाउँला सबै पाप शोक छोड धनुर्धर ।' -गीता १८।६६) तर बुद्धले भने, 'म आफूले बुझेका कुरा तपाईंहरूलाई बताउँछु । त्यो कति ठीक कति बेठीक छ भन्ने कुरा आफैं छुट्याउनुहोस् । कसैको कुरालाई पनि आँखा चिम्लेर विश्वास नगर्नुहोस् ।' यसप्रकार ठूलबडा या राजाहरूले मानेको धर्म सबै जनतामा थोपरेर त्यसैलाई राज्य धर्मका रूपमा जबर्जस्ती लागू गर्ने र हरेक व्यक्तिले आफ्ना विवेकले बुझेको जीवन आस्था अँगाल्ने संघर्ष हाम्रै मुलुकका अढाई हजार वर्षदेखि चल्दै आएको प्रस्ट छ । व्यक्तिगत आस्था र वैचारिक स्वतन्त्रता सहन नसक्ने र सबै रैती प्रजा आँखा चिम्लेर मेरै आस्था र विश्वासको पछि लागून् भन्नेहरूले बौद्ध, जैनजस्ता जनमुखी चिन्तक र मानवीय समानताका पक्ष्ाधरहरूलाई दमन गर्ने, तिनका विहार भत्काउने, पुस्तक पोल्ने, भिक्ष्ाुहरूलाई पिट्ने मार्ने आदि निन्दनीय काम गर्दै आएका हुन् । हाम्रो देशमा वैदिक -हिन्दु) धर्मभन्दा पुराना परलोकलाई भन्दा यसैलोकलाई महत्त्व दिने तान्त्रिक, योग आदि प्राचीन शैवमार्गी, बोन्पोलगायत धर्म संस्कृति थिए । हिन्दु धर्म बाहिरका तिनै आस्था बोक्ने अधिकांश जनजातिहरू यहाँ छन् । बाैद्धमार्गीहरूको विशाल संख्या यहाँ छ । जैन मार्गीहरू पनि थुप्रै छन् । वैज्ञानिक भौतिकवादी -माक्र्सवादी) दार्शनिक आस्था अँगालेर ईश्वरवादलाई काल्पनिक मान्ने र अत्याचारपूर्ण वर्णवाद र छुवाछूतको हिन्दु रोगबाट पूर्ण मुक्ति चाहने समाजवादी मानवतावादीहरूको विशाल संख्या यहाँ छ । तिनीहरूकै संगठनको नेतृत्वले देशव्यापी जनक्रान्ति चलाएर हजारौं वर्ष पुरानो सामन्ती किल्ला र २३८ वर्षको वैशगत निरंकुश शासनलाई परास्त गरेको हो । निश्चय नै वैदिक संस्कृति र हिन्दु धर्मसँग सम्बन्धित विशाल वाङ्मय छ र त्यसभित्र दर्शन, साहित्य, संस्कृति, ज्योतिष, आयुर्वेद आदि ज्ञानको ठूलो भण्डार छ । त्यो हामी सबैको साझा संरक्ष्ाणीय सम्पदा हो । त्यति हुँदाहुँदै पनि हामीले बुझ्नुपर्छ- हिन्दु वर्णव्यवस्थाले हजारौं वर्षदेखि कुकुरभन्दा पनि तल अछूतको स्थानमा रछानमा खसालिएका झन्डै ३५ लाख दलित मुक्ति र मानव मर्यादानिम्ति मुठी कसेर आन्दोलनमा उत्रेका छन् । संस्कृतका पण्डित गुरुहरूले वेदमा छुवाछूत प्रथा छैन भनेर जति तर्क गरे पनि उहाँहरूले मनुस्मृति, गौतमस्मृति, धर्मसिन्धु, निर्णयसिन्धु आदिजस्ता जातिभेदवादी धर्म ग्रन्थहरूलाई नै हिन्दु धर्मका आधार बनाएर काम गरिहनुभएको छ । ती दलितहरूलाई घोर अपमान गर्ने यो हिन्दु धर्म बोकिनसक्नु भारी भएको छ । यही हिन्दु धर्म हो, जसले पुरुषलाई स्वामी र नारीलाई दासी बनाएर आजसम्म कजाउँदै आयो । लाखौं राजा रजौटा र धनाढ्यहरूका चितामा करोडौं नारीलाई निरीह सती बनाएर जिउँदै पोल्ने र अहिलेसम्म पनि थिचिराख्ने हिन्दु धर्मको पहाड सम्पूर्ण नारीहरूलाई असह्य भार भएको छ । यस्तो बेला जनक्रान्तिले राज्यलाई धर्मनिरपेक्ष्ा घोषित गरेर जागरुक नेपाली जनताको विशाल संख्यालाई स्वाधीन मुक्त चिन्तन र स्वतन्त्र आस्थाको युगमा प्रवेश गराएको छ । आधुनिक विश्वका ९० प्रतिशतभन्दा बढी राज्य धर्म निरपेक्ष्ा भएको नवीन युगमा हामी नेपाली पनि सगर्व प्रवेश गर्दै छौं । यो परिघटना नेपालले लामो सामन्ती निरंकुश दमनकारी राजतन्त्रको युगबाट लोकतान्त्रिक गणतन्त्रको युगतिर संक्रमण गरिरहेको अत्यन्तै स्वागतयोग्य सुन्दर र उज्यालो अवस्था हो । विवेक र आस्थाको स्वतन्त्रता नै सबभन्दा ठूलो स्वतन्त्रता हुनाले यसलाई हामी हार्दिक स्वागत र अभिनन्दन गर्छाैं । यस्तो बेला हिन्दु धर्ममा गहन आस्था राख्ने एउटा क्ष्ाेत्रलाई धर्मनिरपेक्ष्ाता भनेको धर्मको निषेध नै हो भन्नेजस्तो भान परेर चिन्ता लागेको हुनसक्छ । धर्म निरपेक्ष्ाताको वास्तविक अर्थ सबै धर्मप्रतिको समान सम्मानको अवस्था हो । आजको युगमा जसरी एउटा परिवारको हैकम चल्न नसकेर राजतन्त्रहरू समाप्तितिर जाँदै छन्, त्यसरी नै धेरै धर्म संस्कृतिहरूमाथि एउटा धर्म संस्कृतिले राज्य धर्मको ठाउँ लिन सक्तैन । आजका मान्छे राजनीतिक निरंकुशता मात्र होइन धार्मिक हैकम पनि सहन सक्दैनन् भन्ने कुरा सबैले बुझ्नु आवश्यक छ । http://www.kantipuronline.com/kol/nepali/kolnews.php?&nid=74845
Read Full Discussion Thread for this article