Posted by: Kapan bashi May 27, 2006
Secularism or Hindu Kingdom?
Login in to Rate this Post:     0       ?        
मेरो भोट नेपाल धर्म निरपेक्षमा। हिन्दु धर्म र धर्म निरपेक्षको बिभेद हेर्नलाइ तलको लेख हेर्नु होला। धर्म निरपेक्षता ः सबै धर्मलाई समानता मोदनाथ प्रश्रति - देशव्यापी जनक्रान्तिद्वारा शक्तिशाली भएर ब्युँझेको संसद्ले वंशगत निरंकुशताबाट देश र जनतालाई मुक्त गर्नुको साथै धर्मको वन्धनबाट राज्यलाई पनि मुक्त गरेको छ । धर्म व्यक्तिगत आस्था र विश्वासको कुरा हो । एउटै परिवारका सदस्यहरूले अलगअलग धर्म मान्न सक्छन् या कुनै धर्म नमान्न पनि सक्छन् । यसै कुरालाई संयुक्त राष्ट्रसंघद्वारा पारित मानव अधिकारको विश्वव्यापी घोषणामा भनिएको छ- 'सबै व्यक्तिहरू जन्मजात स्वतन्त्र हुन् र ती सबैको समान अधिकार र महत्त्व छ । ... प्रत्येक व्यक्तिलाई विचार, मत र धार्मिक स्वतन्त्रताको अधिकार छ ।' -धारा १ र १८) यसै कुरालाई समर्थन गर्दै नेपालको २०४७ को संविधानले पनि भनेको छ- 'राज्यले नागरिकहरूका बीच धर्म, वर्ण, लिंग, जात, जाति वा वैचारिक आस्थामध्ये कुनै कुराको आधारमा भेदभाव गर्नेछैन ।' -११।३) विश्वका कतिपय मुलुकले त धार्मिक सवालमा अझ बढी खुलेर संविधानमा यतिसम्म पनि लेखेका छन्, 'नागरिकहरूका लागि अन्तस्करणको स्वतन्त्रता अर्थात् कुनै पनि धर्मलाई मान्ने वा नमान्ने अथवा ईश्वरवादी वा अनीश्वरवादी विचारको प्रचार गर्ने अधिकार सुनिश्चित छ । धर्मका आधारमा शत्रुता अथवा घृणा भड्काउन निषेध छ ।' -रुसको संविधान, १९१७) यसप्रकार धार्मिक आस्था वा अनास्था नितान्त व्यक्तिगत कुरा हुनाले धर्म परिवार, जाति या राज्यको भन्ने कुरा हुँदैन । दर्शन र विज्ञानको पर्याप्त विकास नभएको आदिम वा प्राचीन समाजमा कुनै जंगली गणको या अर्ध जंगली कविलाको सामूहिक धार्मिक आस्था हुनसक्थ्यो । प्रारम्भिक कृषि युगसँग पनि परिवारका सामूहिक धार्मिक आस्था हुन्थे । समाज दास युगमा प्रवेश गरेर वर्गीय समाजको उदय भएपछि र बौद्धिक समुदायमा धर्म र दर्शनको बहस चल्न थालेपछि परिवारभित्र पनि समान धार्मिक आस्था रहन नसक्ने युग आयो । वर्तमान समयमा महावीर, गौतम बुद्ध या प्लेटोजस्ता दार्शनिक एउटै परिवारभित्र फरक आस्थाका उदाहरण हुन् । यो क्रम निरन्तर अघि बढ्दै आजको नितान्त व्यक्तिगत रुचि, आस्था र आदर्शको लोकतान्त्रिक युगमा आइपुगेको छ । हो, दास युग र सामन्ती युगका जमिन्दार, राजा या सम्राटहरूले आफूले मान्ने गरेको धार्मिक आस्थालाई जमिन्दारीभित्रका कमैयाको, राज्यभित्रका रैतीहरूको र साम्राज्यभित्रका सबै प्रजाको सामूहिक धर्म भनेर लाद्न बल प्रयोग गर्थे । त्यो नमान्नेलाई नास्तिक विधर्मी भनेर लखेट्ने, थुन्ने, मार्नेसम्म पनि गर्थे । त्यसबेला जनताले बाध्य भएर आफ्नो आस्थाभन्दा फरक धर्मलाई पनि मानेझैं गर्नुपथ्र्याे । मध्ययुगको सामन्ती समाज अति संकीर्ण हुनाले अरूको भाषा, धर्म, संस्कृतिप्रति घनघोर घृणा गथ्र्याे र त्यसलाई दबाउन पन्छाउन सक्दो बल प्रयोग गथ्र्याे । त्यस बेलाको स्थिति झल्काउने एउटा संस्कृत श्लोक छ- नवदेत् यावनी भाषा प्राणैः कण्ठगतैरपि हस्तिना ताड्यमानोऽपि नगच्छेज्जैनमन्दिरम् । -घाँटीबाट प्राण निस्कने अवस्था आए पनि मुसलमानी भाषा नबोल्नु । कसैले हात्तीले कुल्चाएर मार्छु भने पनि जैन मन्दिरमा नजानू ।) यही कुरा २००७ सालसम्म पनि 'अंग्रेजी भनेको गाई खाने जातको भाषा हुनाले त्यो पढ्नेहरू नास्तिक हुन्छन्' भन्ने पण्डितहरूको घृणामा व्यक्त हुन्थ्यो । अचेल हाम्रो देशका केही मान्छे वैदिक या हिन्दु धर्म भारततिर जन्मेर पछि नेपाल आएको हुनाले विदेशी धर्म हो भन्ने कोणबाट पनि तर्क गर्छन् । वास्तविकता त्यस्तो होइन । इपू २००० तिर अर्थात् वैदिक युगमै हाम्रो मिथिला -जनकपुर क्ष्ाेत्र) वैदिक धर्म संस्कृतिको प्रमुख केन्द्र बनिसकेको थियो । रामायण कालमा जनकपुर र वाल्मीकीनगर -
Read Full Discussion Thread for this article